८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय विदेश मन्त्रालयले भन्यो-नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो  

अ+ अ-

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौं भ्रमणले छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार रहेको पुष्टि गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश सचिव आफ्नो दुई दिने नेपाल भ्रमण सम्पन्न गरी फर्केको केही समयपछि सोमबार मन्त्रालयले विज्ञप्ति नै जारी गरी उक्त कुरा बताएको हो ।

‘विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै हाम्रा द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत पनि गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा मिस्री आइतबार नेपालको औपचारिक भ्रमणमा आएका थिए । गत महिना विदेश सचिवका रूपमा कार्यभार सम्हालेपछि मिस्रीको पहिलो नेपाल भ्रमण हो ।

मन्त्रालयका अनुसार विदेश सचिव मिस्रीले सोमबार परराष्ट्र सचिव लम्सालसँग भेटवार्ता गरेको र उक्त अवसरमा उनीहरूबीचमा भएको बृहत् छलफलले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विभिन्न पक्षलाई समेटेको उल्लेख छ । ‘दुवै सचिवले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहकार्यका लागि अवसरहरूबारे छलफल गर्नुभएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

विदेश सचिवले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । दुवै भेटमा राष्ट्रपति तथा प्रधानमन्त्रीलाई भारतीय नेतृत्वका तर्फबाट शुभकामना व्यक्त गर्दै उनले दुई देशबीचको द्विपक्षीय सहकार्यका विविध पक्षमा भइरहेको प्रगतिका बारेमा पनि जानकारी गराएका थिए ।

यस्तै, विदेश सचिवले सोमबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए । मन्त्रालयका अनुसार उक्त शिष्टाचार भेटवार्तामा विविध पारस्परिक लाभदायी क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ गर्नेबारेमा पनि छलफल भएको थियो ।

भेटघाटका क्रममा दुवै पक्षले ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत तथा जनता–जनताबीचको सम्बन्धमा गाँसिएको भारत र नेपालबीचको गहिरो र मैत्रीपूर्ण सम्बन्धमाथि जोड दिइएको मन्त्रालयले जनाएको छ ।

‘दुवै पक्षले हालैका वर्ष द्विपक्षीय सहकार्य विशेष गरी कनेक्टिभिटीका विभिन्न क्षेत्र जस्तै भौतिक, डिजिटल, ऊर्जा र जनता–जनताबीचको सम्बन्धमा हासिल गरिएका उल्लेखनीय प्रगतिमा सन्तोष व्यक्त गरे । जुन सडक, पुल, एकीकृत जाँच चौकी, अन्तरदेशीय रेलवेका साथसाथै पेट्रोलियम पाइपलाइनसम्बन्धी पूर्वाधार परियोजनाको निरन्तर कार्यान्वयनमा प्रकट भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै, दुवै पक्षले ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिको पनि प्रशंसा गरेका छन् । पछिल्ला वर्षमा ऊर्जा सहकार्यको क्षेत्रमा उल्लेख्य प्रगति भएको पनि मन्त्रालयले जनाएको छ ।

‘यस सन्दर्भमा पछिल्लो २/३ वर्षमा नेपालबाट भारततर्फ हुने विद्युत् निर्यातमा भएको बढोत्तरीले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरूको सिर्जना गरेकामा दुवै पक्षले खुसी व्यक्त गरे,’ विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२६ मा नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) को हैसियतबाट स्तरोन्नति गर्नमा ऊर्जा क्षेत्रसँगको सहकार्यले खेलेको भूमिकाउपर पनि छलफल भयो ।’

विदेश सचिवले अन्य वरिष्ठ राजनीतिक नेताहरूका साथै नेपालका नागरिक समाजका सदस्यहरूसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस