११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा बैठक : समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याप्रति सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद चन्द्रबहादुर विश्वकर्माले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई स्वच्छ पेयजलको व्यवस्था गर्न माग गरे। सांसद अनिता देवीले डेङ्गी र हैजा नियन्त्रण चुनौतीपूर्ण बनेको बताउँदै रोग नियन्त्रणतर्फ लाग्न सम्बन्धित निकायलाई आग्रह गरिन ।

सांसद अनिशा नेपालीले आदिवासी जनजाति, मुस्लिम र मधेसीका सवालमा गम्भीर भएर काम गर्न सरकारसँग अनुरोध गरिन। सांसद अम्मरबहादुर रायमाझीले उदयपुर जिल्लाबाट तंथ्याक कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, खानेपानी डिभिजन, सहकारी डिभिजन, कार्यालय अन्यत्र नसार्न माग गरे । सांसद अर्जुन नरसिंह केसीले बङ्गलादेशको राजनीतिक घटनाक्रमबाट आफूहरूले सिक्नुपर्नेमा जोड दिए । 

सांसद अशोककुमार चौधरीले  भ्रष्टाचारजस्तो जघन्य अपराधमा ५ वर्षको हदम्याद राखेर उन्मुक्ति दिन नहुने बताए । सांसद आस्माकुमारी चौधरीले दाङलगायत सुक्खा ग्रस्त क्षेत्रमा सिँचाइको प्रबन्ध गर्न माग गरिन । सांसद कालुराम राईले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा ऐन, नियम,नियमावली, निर्देशिकाको कार्यान्वयन नभएमा दुःख व्यक्त गरे । सांसद कुसुमदेवी थापाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्दै आएका नटुवा समुदाय पहिचानको खोजीमा रहेका तथा तीन हजार ६२ जनाको यो लोपन्मुख जातिको संरक्षणको माग गरिन ।

सांसद डा. चन्द्रकान्त भण्डारीले सुरक्षा निकाय र प्रशासन भए पनि बालबालिका हराउने प्रवृत्ति नरोकिएकामा चिन्ता व्यक्त गरे । सांसद छिरिङ लामा तामाङले धरहरा निर्माण भएर उद्घाटन भइसक्दा पनि सञ्चालनमा नआएकोप्रति चासो व्यक्त गरे। सांसद जावेदा खातुन जागाले बर्दिया जिल्लाका स्थानीयप्रति प्रहरी असहिष्णु बनेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस