७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वीस राजदूत मोन्टेलोनेले भने-नेपालको शान्ति प्रक्रिया सराहनीय

अ+ अ-

काठमाडौँ । नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत डानियल मेउल्ली मोन्टेलोनेले नेपालको शान्ति प्रक्रिया, संविधान लेखन तथा कार्यान्वयन सराहनीय रहेको बताएकी छन् ।

बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेटवार्तामा उनले यस्तो धारणा राखेकी हुन् ।

भेटमा स्वीस राजदूत मोन्टेलोनेले दुई देशबीचको ६ दशक भन्दा लामो कूटनीतिक सम्बन्ध दरिलो र सद्भावपूर्ण रहेको बताएकी छन् । लामोसाँघु जिरी सडक, अरनिको राजमार्ग निर्माण तथा स्तरोन्नति जस्ता कार्य दुई देशबीचको सम्बन्धको कोशेढुंगाको रूपमा रहेको उनले बताइन् ।

नेपालको बदलिएको परिवेश र आवश्यकताका आधारमा आफ्नो देशले नेपाललाई गर्ने सहयोग र सहकार्यको स्वरूप फेर्दै लगेको भन्दै उनले निर्माण कार्यमा प्रत्यक्ष सहयोग मात्र नभई सुरुङ निर्माण तथा अन्य प्राविधिक क्षेत्रमा सीप तथा ज्ञान हस्तान्तरणका लागि तयार रहेको उल्लेख गरिन् ।

भेटका क्रममा मन्त्री दाहालले थोरै जनसङ्ख्या भए पनि स्वीटजरल्याण्डले विकास तथा प्रविधिका क्षेत्रमा गरेको प्रगति उदाहरणीय रहेको बताए । नेपालको भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रमा गरेको योगदानप्रति आधार व्यक्त गर्दै मन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया, कोभिड महामारी, भूकम्प जस्ता विशेष अवस्थामा पुर्‍याएको योगदानको स्मरण गरे ।

नेपालको शान्ति प्रक्रियाका लागि महत्त्वपूर्ण मानिएको टीआरसी विधेयकमा दलहरूबीच सहमति भइसकेको जनाउँदै मन्त्री दाहालले यसले नेपालको शान्ति प्रक्रियामा टुङ्गोमा पुर्‍याउने र नेपालको विकास र समृद्धिको गति लिने बताए ।

प्रतिक्रिया दिनुहोस