७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशका मुख्यमन्त्री सिंह र स्वीस नियोगका अधिकारीबीच भेट, सहयोग गर्न आग्रह

अ+ अ-

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र विकास तथा सहयोगका लागि स्वीस नियोग (एसडीसी) का अधिकारीबीच विभिन्न योजनामा सहयोग तथा विषयमा छलफल भएको छ । स्वीस नियोगका अधिकारीहरू मुख्यमन्त्री सिंहलाई भेट्न मधेश भवन पुगेका थिए ‌।

मुख्यमन्त्री सिंहसँगको भेटमा नियोगका अधिकारीहरूले प्रदेश सरकारका अल्पकालीन तथा दीर्घकालीन महत्त्वका योजना कार्यान्वयनमा साझेदारी गर्न सकिने प्रतिबद्धता जनाए ।

नियोगका डेपुटी चिफ अफ मिसन म्याथियास मेयरलगायतका अधिकारीसँगको भेटमा मुख्यमन्त्री सिंहले सिँचाइलगायत बहुआयामिक परियोजना विकास तथा विस्तारका लागि नदी जोड्ने तथा नहर निर्माण योजना कार्यान्वयन, मधेश विश्वविद्यालयमा संघीयता विषयमा अध्ययन-अध्यापन गराउन, वैदेशिक रोजगारबाट फर्केकाहरूलाई दक्षता अभिवृद्धि तथा उद्यम सञ्चालन, प्रदेशमा पूर्ण साक्षरता, सूचना प्रविधिको विकाससहितका क्षेत्रमा सहयोग गर्न आग्रह गरेका छन् ।

उनले आँप र केरालगायत खेतीको प्रवर्द्धन तथा उत्पादनका लागि प्रविधि हस्तान्तरण एवं उपयोगका लागि समेत नियोगका अधिकारीहरूको ध्यानाकर्षण गराए ।

नियोगका डेपुटी चिफ अफ मिसन मेयरले एसडीसीमार्फत स्विट्जरल्यान्डले नेपाललाई संघीय लोकतान्त्रिक राज्यका रूपमा विकसित गर्न, समतामूलक सामाजिक तथा आर्थिक विकास प्रवर्द्धन गर्न र नयाँ संघीय संरचनामा महिला तथा पुरुषलाई उनीहरूको अधिकार र जिम्मेवारी प्रयोग गर्न सक्षम बनाउन सहयोग गरिरहेको बताए ।

उनले संघीय राज्य विकास, रोजगारी र आय प्रवर्द्धनसँगै नेपाली आप्रवासी कामदारको सुरक्षामा योगदान पुर्‍याउने, लैंङ्गिक समानता र सामाजिक समावेशीकरण, प्रकोप जोखिम न्यूनीकरणसहितका क्षेत्रमा नियोग प्रदेश सरकारसँग काम गर्न उत्सुक रहेको उल्लेख गरेका छन् ।

उनले प्रदेश सरकारले पूर्वाधार विकसित गरे सूचना प्रविधि क्षेत्र विकासका लागि बहुराष्ट्रिय कम्पनीसँग जोड्न एसडीसीले सहयोग गर्ने बताए । मुख्यमन्त्रीसँगको भेटमा नियोगका प्रशासन तथा अर्थ विज्ञ मार्क वर्ली पनि सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस