काठमाडौँ । पोखरा र भैरहवाबाट हुने अन्तराष्ट्रिय उडानमा प्रतिकिलो लिटर सय डलर कम गर्ने निर्णय भएको छ । नेपाल आयल निगम सञ्चालक समितिको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सञ्चालक समितिको अध्यक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव(वाणिज्य) मधुसूदन बुर्लाकोटी रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्बौँ खर्चेर बनाइएका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न चासो देखाएसँगै सरकारले यी दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने पहल अघि बढाएको थियो ।
प्रधानमन्त्री ओलीले यसलाई प्राथमिकतामा राखेर पहल गर्न निर्देशन दिएसँगै सरोकारवाला निकायहरूले विभिन्न योजनाहरू अघि सारेका थिए । जिम्मेवारी नै छुट्ट्याएर क-कसले के के गर्ने भन्नेबारे प्रशासन डटकमले विस्तृत समाचार नै प्रकाशित गरेको थियो ।
सम्बन्धित समाचार : प्रधानमन्त्रीले अघि बढाए पोखरा र भैरहवा विमानस्थल सञ्चालनको पहल, यी हुन् नगरी नहुने काम
सोही योजना कार्यान्वयन गर्न आयल निगमले इन्धनमा छुट दिने निर्णय गरेको हो ।