९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजापट्टीमा बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन अस्थायी युद्धविरामको आह्वान

अ+ अ-

जेनेभा । संयुक्त राष्ट्रसङ्घका सङ्गठनहरूले गाजापट्टीमा बालबालिकाहरूलाई पोलियो विरुद्ध दुई चरणको खोप अभियान सञ्चालन गर्न गाजामा चलिरहेको लडाइँमा प्रत्येक चरणका लागि सात दिनको युद्धविरामको आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य एवं बाल सङ्गठनहरूले यस महिनाको अन्त्यदेखि प्यालेस्टिनी क्षेत्रभरी खोप अभियान चलाउने विस्तृत योजनाहरू तयार पारेको बताएका छन् । तर यसका लागि चलिरहेको इजरायल र हमासबिचको लडाइँमा रोक लगाउन आवश्यक रहेको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) र युनिसेफले बताएका छन् ।

डब्लुएचओ र युनिसेफले गाजापट्टीमा पोलियो भाइरस विरुद्ध दुई चरणको खोप अभियानको योजना बनाइरहेको जानकारी गराएका छन् । गत महिना जुन २३ मा गाजामा सङ्कलन गरिएका वातावरणीय निगरानी नमुनामा पोलियो भाइरस पत्ता लागेको घोषणा गरिएको थियो ।

‘डब्लुएचओ र युनिसेफले द्वन्द्वका सबै पक्षलाई गाजापट्टीमा दुई चरणको खोप अभियानलाई अनुमति दिन प्रत्येक चरणमा सात दिनका लागि द्वन्दव रोक्न अनुरोध गर्दछ’, दुई एजेन्सीले आह्वान गरेका छन् । डब्ल्यूएचओका प्रवक्ताले प्रत्येक चरणका लागि सात दिनको युद्धविराम माग गरेको बताएका छन् । मानवीय विरामबिना यो अभियान सम्भव छैन । गाजापट्टी विगत २५ वर्षदेखि पोलियो मुक्त छ ।

‘गाजापट्टीमा जनस्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने एक मात्र उपाय युद्धविराम हो । अभियानको प्रत्येक चरणमा संयुक्त राष्ट्रका एजेन्सीहरूले गाजाको स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर १० वर्ष मुनिका ६ लाख ४० हजार भन्दा बढी बालबालिकालाई नोवेल ओरल पोलियो खोप (एनओपिभी–२) को दुई थोपा प्रदान गर्नेछ’, डब्लुएचओ र युनिसेफले जनाएको छ ।

पोलियो भाइरस प्रायः ढल र दूषित पानीबाट फैलिन्छ र यो अत्यधिक सङ्क्रामक रोग हो । यसले पक्षाघात निम्त्याउन सक्छ र मुख्यतया पाँच वर्ष मुनिका बालबालिकालाई असर गर्छ ।

प्रतिक्रिया दिनुहोस