११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले शिक्षकमाथि दमनचक्र लगाउँदैन : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलाद्ने स्पष्ट गरेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकहरूले पढाउने दायित्वका साथै राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेकाले उनीहरूका कुनै समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्नेमा जोड दिएका हुन् ।

यसअघिको सरकारले शिक्षकहरूलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख गर्दै उनले अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरण विस्तारमा लाग्न आग्रह गरे । उनले शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐन नियमलाई आपसी संवादबाट समयानुकूल सुधारका लागि सरकार तत्पर रहेको जनाए ।

“राजनीति र शिक्षकको भूमिकालाई नबुझेकाहरुले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए । शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए । त्यो शिक्षकहरूलाई लपेट्ने प्रयास हो । ती प्रयास गलत थिए ।’’, प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले भने, “वास्तवमा अरस्तु र प्लेटोका पालादेखि नै मानिस राजनीतिक प्राणी हो भन्ने स्पष्ट भइसकेको थियो । त्यसैले यो सरकार शिक्षकमाथि कुनै शत्रुता राख्नुपर्ने कारण देख्दैन । शिक्षकहरूले आफ्नो कर्म र दायित्वलाई इमान्दाररुपमा निर्वाह गरिदिए पुग्छ । कक्षाकोठाभन्दा बाहिर पनि शिक्षकहरू समाजको विकृति बढार्ने काममा साँझ-बिहान लाग्नुपर्छ । शिक्षक हुनु भनेको जागिरे हुनु होइन, ‘एक प्रकारको जागरण हो ।’’

कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न शिक्षक गठनबाट प्रवेश गर्नेहरूलाई प्रवेश गराएका थिए भने रिमोटका माध्यमबाट सो संगठनको ललितपुरस्थित नयाँ भवनको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस