८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्यका निकायमा दलितलाई बेवास्ता गरिएको भन्दै हातखुट्टा बाँधेर प्रदर्शन

अ+ अ-

काठमाडौँ । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलितलाई गरिएको घृणा विरुद्ध हातखुट्टामा नेल लगाएर माइतिघरमा धर्ना सुरु गरेका खगेन्द्र सुनारले हातखुट्टा बाँधेर प्रदर्शन गरेका छन् ।

दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाले माइतीघर मण्डलामा शनिवार हातखुट्टा बाँधेर प्रदर्शन गरेका हुन् ।

राज्यका हरेक निकायमा सामाजिक रूपमा पछाडि पारिएका, राजनीतिक रूपमा प्रतिनिधित्व विहीन भएका समुदाय, वर्गको उत्थानको लागि गरिएको संवैधानिक र कानुनी अधिकारलाई बेवास्ता गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र वर्तमान काँग्रेस-एमाले सहितको केपी शर्मा ओली नेतृत्वको गठबन्धनको सरकारले दलित समुदायमाथिको घृणा विरुद्ध नेल लगाएर धर्ना जारी राखेकोमा आज हातखुट्टा बाँधेर प्रदर्शन गरिएको अभियानका संयोजक सुनारले बताएका छन् ।

उनले भने, ‘करिब १४ प्रतिशत जनसङ्ख्या रहेको दलित समुदायको उपेक्षा गर्दै सरकार गठन, राजनीतिक नियुक्ति आरक्षण, समानुपातिक समावेशी व्यवस्था तथा दलित समुदायको विरुद्ध भएकाले विभिन्न मागसहित, हात खुट्टामा नेल लगाई अनिश्चित कालिन धर्ना जारी राखिएको छ । आज हातखुट्टा बाँधेर प्रदर्शन गरेका छौ ।’

प्रतिक्रिया दिनुहोस