९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशमा बस्दा नबिर्सिएको नेपालीपन

अ+ अ-

हरेक वर्ष झण्डै ५ लाख मानिसहरू वैदेशिक रोजगारी वा अध्ययन वा अन्य कारणले विदेश जानेहरू छन् । यस्तो आँकडा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नै व्यक्त गरेको छ । नेपालबाट घोषित रूपमा ११० मुलुकमा र अघोषित रूपमा १६७ भन्दा बढी मुलुकमा गएको आँकडा गरिन्छ । यसरी जाने नेपालीहरू सबै बिदेसिएका भने होइनन्। विदेशमा जाने हुन वा विदेशमा बस्ने हुन उनीहरूलाई देशको मायाले भने कुतकुताइ रहँदो रहेछ । मलाई ३ महिनाको क्यानडा बसाइमा प्रत्यक्ष रूपमा हेर्ने , भोग्ने र अनुभव गर्ने मौका मिल्यो । 

२०८० श्रावण १५ गते काठमाण्डौबाट कतार एयरवेजबाट कतार पुग्दा नपुग्दै र कतारबाट मन्ट्रियलसम्म पुग्दा पनि हाम्रो लागि हिन्दुहरूले खाने माँसहारी भए चिकन र शाकाहारी भए शाकाहारी खाना नै उपलब्ध गराइँदो रहेछ । हिन्दु नेपालीहरू आफ्नो संस्कार भन्दा बाहिर पुगेर गाइको मासु खाने सम्बन्धमा उच्चारण पनि गर्दा रहेनछन् । मेरो बसाइ क्यानडाको न्यु ब्रन्सविक प्रदेशको फ्रेडरिकटन शहर थियो । उक्त शहरमा हिन्दु धर्म सम्प्रदाय भित्रका शिख धर्मावलम्बी र वैष्णवी धर्मावलम्बी भारतीयहरू पनि रहेछन् । हिन्दुहरूको मन्दिर निर्माण पनि गरिएको रहेछ । उक्त मन्दिर निर्माणमा धेर थोर मात्रामा नेपालीहरूको पनि योगदान रहेछ । कुनै धार्मिक अनुष्ठानको बेला उक्त मन्दिरमा भेला हुने र धार्मिक कार्यमा सरिक भएको पनि पाए । म क्यानडा पुगेपछिको पहिलो नेपाली चाड नाग पञ्चमी रह्यो ।

बर्षे बालीको काम पश्चात् नेपालीहरूको सुस्केरा हाल्दै बिसाउनकै लागी हाम्रा चाडहरू लस्कर लाउँदै आउने गर्दछन् । नाग पञ्चमीको दिन छोरी ज्वाइँले नागको फोटा घरको ढोकामा टाँस्दा चाड पर्व भित्रिएको अनुभव भयो । प्रायः सबै नेपालीहरूको घरमा नागको फोटाहरू टाँसेको पाएँ । नाग पञ्चमी श्रावण महिनाको शुक्ल पञ्चमी तिथीमा पर्दछ । नाग पञ्चमी श्रद्धा र विश्वासको पर्व हो । नागको चित्र घरमा टाँस्नाले आगो र चट्याङबाट घरलाई जोगाउन सकिन्छ भने सर्पबाट पनि जोगिन्छ भन्ने धार्मिक विश्वास हो । नाग पञ्चमी पश्चात् बर्षात हट्न गई हिउदयाम शुरु हुन्छ भन्ने पनि विश्वास हिन्दु धर्मावलम्बीको विश्वास हो ।

नाग पञ्चमी पश्चात् हाम्रो अर्को चाडको रूपमा रक्षा बन्धन वा जनाइ पूर्णिमा आयो । रक्षा बन्धन मानव रक्षाका लागी सत्य युगमा दानवबाट बच्नको लागी डोरो बाँध्ने गरियो । खास गरी डोरो र यज्ञ पबित वा जनाइ तागाधारी ब्राह्मण क्षेत्रीहरूले लगाउने प्रचलन अहिले पनि छ । यस कार्यमा हामीहरूले घरमा जनाई र डोरो जौ तिल र कुश चन्दन अक्षताले पूजा गरी ज्वाइँको हातबाट डोरो बाँध्यौ भने मन्दिरमा पुगेर रुद्र अधिकारीको हातबाट पनि डोरो बाँधेका थियौँ । मन्दिरमा एकै पटक झण्डै ३० जना जति जम्मा भएका थियौँ र डोरो बान्ने काममा सरिक भएको पाइयो ।

जनै पूर्णिमा पश्चात् हिन्दु महिलाहरूको लागी अत्यन्त महत्वको साथ लिने गरिन्छ । महिलाहरूले भाद्र शुक्ल तृतीयाका दिन शिव भगवानको पूजा आराधना गरी नाच गान गरी धूमधामका साथ मनाउने गर्दछन् । यसको पनि हिन्दु धर्ममा आफ्नै धार्मिक विश्वास छ । अविवाहितले शिव जस्तै योग्य बरको कल्पना गर्ने र विवाहितले आफ्ना श्रीमानको दीर्घायुको कामना गर्ने धार्मिक विश्वास हो । यसै सिलसिलामा रुद्र अधिकारीको घरमा फ्रेडरिक्टन शहरमा पुगेका झण्डै ५०जना महिलाहरूलाई उहाँले घरमा बोलाउनु भयो । उहाँको सक्रियतामा तिजको चाडलाई रमाइलोसँग नाचगान गरी मनाउँदा नेपाली चेलीहरूको मनलाई मलहम लगाएको पाएँ ।  

अर्को हिन्दुहरूले मनाउने विष्णुको आठौँ अवतारको रूपमा कृष्णको जन्मलाई पनि धूमधामका साथ मनाउने गर्दछन् । ज्ञान योग भक्ति योग र कर्मयोगको रूपमा भाद्र कृष्ण अष्टमीको दिन द्वापर युगमा जन्मेका कृष्णको अहिले पनि भक्ति आराधनाका साथ कृष्ण जन्माष्टमी मनाउने गर्दछन् । हामी पनि कृष्ण जन्माष्टमीको दिन भव्य प्रवचन र कृष्ण आराधनाकै सिलसिलामा फेडरिकटन शहरको उत्तरमा पुग्यौ जहाँ अन्य नेपालीहरू पनि पुगेको देखेको थिए । खास गरी त्याहा इण्डिएनहरु पनि त्यतिकै अवस्थामा थिए । कृष्ण भजन र कृष्णको महिमाको बारेमा एउटा हलमा राखिएको कार्यक्रममा उपस्थित भएर श्रवण गरेका थियौँ । 

भाद्र महिनामा मनाइने अर्को विशेष दिन अमाबस्या अर्थात् कुशे औँसी जसलाई बुवा दिवस पनि भनिन्छ । हिन्दु धर्ममा बुवा नहुनेले विष्णु पादुकामा दान , तर्पण , पुण्य कार्य गर्नाले पितृ तार्ने आफू पुण्यात्मामा पर्ने विश्वास गरिन्छ । संयोगले यसपालि छोरी ज्वाइँले बुवाको मुख हेर्ने दिन विभिन्न परिकारका साथै केक काटेर कोसेली दिएर मुख हेर्ने काम पनि भयो । नातिनीले पनि बुवाको मुख केक ख्वाइ दिएर र कोसेली दिएर मनाइन ।

सामान्यतया अर्को संस्कार सोह्र श्राद्ध पनि हो । अश्विनी कृष्ण पक्षलाई खासमा सोह्र श्राद्ध भन्ने गरिन्छ । यसमा जम्मा १६ वटा तिथि हुने भएकोले र सबै तिथिमा श्राद्ध गर्ने भएकोले पनि सोह्र श्राद्ध भनेको होला । दिवङ्गत पितृहरूको आत्मालाई शान्ति पुगोस् भन्ने अभिप्रायले तर्पण दिने । घर तर्फका ३ पुस्ता माथिका मावली तर्फ ३ पुस्ता आमा भन्दा माथिका मृत पितृहरूको सम्झना गरिने यस कार्य पनि नेपाली पनको अर्को महत्त्वपूर्ण पक्ष हो । मैले बुवाको मृत्यु भएको अष्टमी तिथिलाई फ्रेडरिक्टनबाट झण्डै १०० कि.मि. टाढा आन्ध्र महासागरको सामुन्द्रिक तट सेन्ट जोन शहर नजिक पुगेर श्राद्ध विधि गरेको थिए । मैले श्राद्ध गर्दा चाहिने जौ,तील,कुश बजारमा पाउन पनि निकै गाह्रो भएको थियो तर नेपाली छोरी पूजा दाहालले पूजा सामाग्री नै लैजानु भएको रहेछ र उहाँले हामीलाई उपलब्ध गराउनु भयो र हामीले हाम्रो विधि गरयौं । मैले श्राद्ध गर्दा तर्पण विधि आफै वाचन गरेर समुन्द्र तटमा दिएको थिए । बिहानको समय टाउकोमा मच्छडले घेरेको थियो । कहिले ज्वाइँले कहिले श्रीमतीले मच्छड धपाइ दिन्थे ।करिब १ घण्टाको तर्पण विधिबाट पितृ तृप्त गर्ने कार्यमा सहभागी भइयो । मैले त्यहाँ रहेका अन्य नेपालीहरू जसले बुवा गुमाउनु भएको छ उहाहरुले पनि पितृ कार्यमा समावेश भएको पाएँ ।

सोह्र श्राद्ध पश्चात् हिन्दुहरूको महान् चाड दसैँ प्रवेश गरिहाल्यो । घटस्थापनाको दिन जमरा राख्नु पर्ने भएकोले हामी जौको खोजीमा हिंडयौं । हामीले खोजे जस्तो जौ धेरै ठाउँमा पाउन सकेनौ । वालमट , इण्डियन स्टोर देखी धेरै ठाउँमा पुग्यौ । एउटा इण्डियन स्टोरमा बोक्रा छिलेको जौ प्राप्त गरयौ । केही मकै , पूजा छोरीसँग लिएको पूजा पोकामा रहेको जौ समेत राखेर जमरा राख्ने प्रपञ्च गरयौ । हामीलाई माटोको अभाव थिएन  किनकि पानीको बहाव काटनलाई घरमा माटो ल्याएको थियो सोही माटोलाई ट्रेमा राखेर जमरा राख्ने प्रपञ्च गरयौ । बिरुवा अङ्कुरण नहुँदा सम्म ग्यास मुनिको भागमा ट्रे राखेर त्यसलाई तापक्रम पुराउनतर्फ लाग्यौँ । अन्यथा तापक्रम नपुगेर जमरा नउम्रने डर त्यति नै थियो ।

जमरा राख्ने सवालमा रुद्र अधिकारी ( जसले नेपाल राष्ट्र बैंकको जागिर छाडेर जानु भएको थियो भने उहाँको मिसेज कमला सुवेदी त्रिचन्द्र क्याम्पसको प्राध्यापन पेसा छाडेर जानु भएको रहेछ)ले बढो रमाइलो खिस्सा सुनाउनु भयो । दसैँ आउँदै रहेछ । उहाँले जमराको लागी निकै ठाउँ धाउनु भएछ । खोज्दै जाँदा कसैले २५ किलो बोरा छ सिंगै बोरा लैजा न भन्दो रहेछन् । हिन्दु संस्कार मान्नेहरूको संख्या कम भएकोले पनि होला त्यसको लागी छुट्टै सामाग्री त्याहा पाउन गाह्रो रहेछ जसरी हामीलाई जौ तील  कुश खोज्न गाह्रो भएको थियो तर त्यही चिज टोरण्टोमा पाउन सकिन्थ्यो । अन्तमा जनावरहरूको दाना पाइने ठाउँमा पुगेर सानो प्याकेटबाट निकाल्न लगाई ल्याएर आफूलाई चाहिने जति जमरा राखेर दसैँ मनाउनु भएको रहेछ । उहाँको यो तितो र मिठो अनुभव पनि अद्भुत रूपमा अविस्मरणीय रह्यो । 

दसैँ नजिकिँदै गर्दा घरमा सेल, फिनी , अनरसा आदि रोटीहरू छोरी, ज्वाइँ र श्रीमतीले पकाएका थिए भने दशैको बेलामा खसी काट्ने अर्को रमाइलो अवस्था पनि रह्यो । हामी ९ परिवार खसी फार्म मै पुगेर एक एक वटा खसी काटेर ल्याएका थियौँ । ज्वाइँले मासु नै नखाए पनि उहाँ पनि अत्यन्त रमाउनु भएको थियो । दसैँ भन्दा अघि अष्टमीको दिन दाजु राजेन्द्र श्रेष्ठले घरमा बोलाउनु भएको थियो झण्डै ५० जनाको संख्यामा उपस्थित हामीहरूलाई नेवारी खाना देखीमनोरञ्जनको रूपमा लङ्गुर बुर्जा , मेरिज खेल्ने ग्रुप , फ्रान्स खेल्ने ग्रुपहरू बनाइदिनु भएको थियो । झण्डै ४ । ५ घण्टाको मनोरञ्जन र खानपानले हामीलाई नेपाल नै ल्याइ पुराएको थियो । दशैको दिन आफू भन्दा मान्यजनहरूबाट टिका ग्रहण गर्ने दिन भएकोले पनि होला अग्रजहरूसँग टिका थाप्ने प्रचलन त्याहा पनि रह्यो । मलाइ त २ वर्ष नपुगेकी नातिनीले टिका लगाइ दिइन र दशैको शुभारम्भ गरियो । दशैको अघिल्लो दिन यादव ,सृजना, नातिनी श्रेया , विजय , अविनाश र हाम्रा परिवार सहित एकै ठाउँमा भेला भएका थियौ । चाड वाडको वेला एकलो पनको महसुस भएको थिएन ।

नेपालबाट आउनु भएका बुवा आमाहरुकोमा र सिनियरहरुकोमा टिका ग्रहण गर्न जाने परिपाटी बसालेको पाइयो । निधारमा टिका चुल्ठो र टोपीमा जमरा देख्दा अन्य धर्मावलम्बीका आप्रवासी लगायत क्यानेडियन अचम्म पर्दा हुन तर नेपालीहरू गर्भका साथ आफ्नो संस्कृति र संस्कारलाई अङ्गालेको पाइयो । विवाह पश्चात् छोरी ज्वाइँलाई दशैको टिका लगाउने अवसर समेत यसै बेला प्राप्त गर्न पाएका थियौ भने अन्य परिवारहरू पनि हाम्रो हातको टिका ग्रहण गर्न आउनु भएको थियो । साथै छोरी ज्वाइँ र नातिनी पनि टिका ग्रहणको लाग िसिनियरहरुकोमा पुग्नु भएको थियो ।

नेपाली चाडबाड रहन सहन संस्कार संस्कृतिहरू जहाँ जाँदा पनि सँगै लिएर जाँदा रहेछन् भन्ने मेरो यस पालीको ३ महिने क्यानडाको बसाइले स्मरण गरायो । संस्कार र संस्कृतिले बलियो सम्बन्ध स्थापित गर्दछ भन्ने यो अर्को उदाहरण पनि हो । हामीले विदेश जाँदा देशै बिर्सन्छ, समाज नै बिर्सन्छ भन्ने होइन, आफ्नो सभ्य र सुसंस्कृत नेपाली पनलाई कसरी जीवन्त तुल्याउँदा रहेछन् भन्ने यो सानो स्मरणले पनि सबैलाई झकझकाउला ।


प्रतिक्रिया दिनुहोस