१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायका लागि सबै पक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री लीलाबल्लभ अधिकारी

अ+ अ-

काठमाडौँ । कोशीका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले बाल न्यायका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् ।

उच्च अदालत विराटनगर बार एसोशिएसनले मुलुकी संहिता दिवस २०८१ को अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले बालबालिकाको हितका लागि बनेको ऐनको मर्म नमर्ने गरी काम गर्नुपर्ने बताएका हुन् ।

‘बाल ऐनको मूल मर्म मर्नु हुँदैन, बाल न्याय र सुधारको पक्षमा सबै जिम्मेवार हुनुपर्छ’, उनले भने, ‘सबै सम्बन्धित पक्षले प्रतिबद्धता जनाउनुपर्छ, प्रहरीले अनुसन्धान गर्दा होलसेल रेट लगाउनुभएन, बालक र वयस्कलाई छुट्टै हेर्नुपर्छ ।’

कार्यक्रममा बाल सुधार गृहका प्रमुख मिलन चौहानले सुधार गृहको अवस्था र जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईले बाल न्यायको अवस्था र अभ्यासको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बालसुधार गृहको क्षमता ५० जना भए पनि २३९ जना बालकलाई राखिएको छ । सुधार गृहका प्रमुख चौहानले क्षमता भन्दा धेरै बाल बिझ्याइँकर्ता रहेका कारण एउटै कोठामा ३० जनासम्म राख्नुपर्ने बाध्यता रहेको बताए ।

सुधार गृहका बालकको सहजताका लागि प्रदेश सरकारले भवन निर्माणका लागि तत्काल १० लाख रुपैयाँ दिने मन्त्री अधिकारीले प्रतिबद्धता जनाए ।

कार्यक्रममा रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले बाल सुधार गृहको सुधारका लागि पालिकाको तर्फबाट सहयोग गर्ने बताए ।

उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपानेले बाल सुधार गृहलाई सुधार गर्नुपर्ने दायित्व सबैको भएको बताए । बालसुधार गृह सुधार गुहजस्तो नभई कारागार जस्तो भएको उनको भनाइ छ ।

पछिल्लो समय सुधार गृहमा राख्नुपर्नेहरु छुट्ने र समाजमा पुनर्स्थापित गर्नुपर्नेहरु सुधार गृहमै रहने अवस्था पनि देखिएको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बाल सुधार गृहको सुधारका लागि राज्यले प्रयास गरिरहेको बताए । उनले पहिलेको भन्दा सुधार गृहको अवस्था राम्रो हुँदै गएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस