१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वीय संस्कार र संस्कृतिको महत्त्व बुझाउनु आवश्यक छ : सभामुख घिमिरे

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पूर्वीय संस्कार र संस्कृतिको महत्त्व नयाँ पुस्तालाई बुझाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।  

होमप्रसाद आचार्यद्वारा लिखित ‘बृहत् कर्मकाण्ड प्रदीप’ नामक पुस्तक आज लोकार्पण गर्दै उनले हाम्रो संस्कार बुझ्न सक्ने गरी पुस्तक प्रकाशनमा ल्याउनुपर्ने बताए । 

“यो पुस्तकको अन्य संस्करणमा नेपाली र अङ्ग्रेजीमा पनि सकिन्छ भने ल्याउँदा सबैले सहजै बुझ्न सक्नेछन्,” उनले भने, “हामीले आफ्ना वेदका महत्त्वसँगै संस्कृति र संस्कारका पक्षलाई नयाँ पुस्तालाई प्रस्ट्याउनु पर्छ । नत्र उनीहरूले सतही ज्ञान मात्र लिइरहेका हुनेछन् ।”

सभामुख घिमिरेले ७० वर्षको उमेरमा पनि आचार्यले प्रविधिको प्रयोग गरेर पुस्तक लेख्नुले अन्यलाई पनि ऊर्जा मिल्नेमा जोड दिए। 

लेखक आचार्यले शास्त्र र वेदमा उल्लेख गरिएको विषयलाई सबैले बुझ्ने गरी पुस्तकमा ल्याएको बताए । उनले भने, “वेदको सिद्धान्त र दर्शनलाई बुझ्ने गरी यो पुस्तक तयार गरेको छु । हामीले कसरी कर्म गर्नुपर्छ भन्ने यसमा उल्लेख गरिएको छ । त्यसकारण यो सबैका लागि उपयोगी हुनेमा विश्वस्त छु ।”

प्रतिक्रिया दिनुहोस