७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छानबिन समितिद्वारा पूर्वमन्त्री शक्ति बस्नेत जोडिएको सहकारीका अध्यक्ष गुरुङसँग सोधपुछ

अ+ अ-

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले हाम्रो कृषि बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष सूर्यबहादुर गुरुङसँग सोधपुछ गरेको छ । बालुवाटारमा कार्यालय रहेको सो सहकारीका पूर्वअध्यक्ष गुरुङलाई समितिले बैठकमा बोलाएर शनिबार सोधपुछ गरेको हो । 

विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये गुरुङलाई बैठकमा बोलाई सोधपुछ गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए । 

उक्त सहकारीमा नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेत संस्थापक अध्यक्ष थिए । त्यसपछि गुरुङ अध्यक्ष र रास्वपाका हाल उपाध्यक्ष एवं पूर्वमन्त्री डीपी अर्याल उपाध्यक्ष र कविन्द्र बुर्लाकोटी सदस्य रहेको यो संस्था २०७९ पछि जिबी राईको अध्यक्षतामा देशभरि कार्यक्षेत्रका साथ सञ्चालन हुन पुगेको थियो। 

हाल उक्त सहकारी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिअन्तर्गत रहेको थापाले जानकारी दिए । यसैगरी समितिले ललितपुरको कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय र भक्तपुरको गठ्ठाघरस्थित कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापालाई समेत नख्खु जेलबाट बैठकमा झिकाएर सोधपुछ गरेको छ।

प्रतिक्रिया दिनुहोस