काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको दाबी गरेका छन्।
माओवादी पार्टी सरकारमा हुँदा सुशासन, सामाजिक न्यायको सवालमा धेरै काम गरिएको उल्लेख गर्दै उनले भ्रष्टाचारका विरुद्ध सुशासनको पक्षमा महत्त्वपूर्ण काम भएका छन्, बजेट निर्माणमा पनि उत्पादनमा जोड दिन खोजिएको बताए।
आज केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले स्थायी समिति बैठकको समापनपछि पार्टी झन् एकताबद्ध भएको स्पष्ट पारेका छन्।