काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रमका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।
प्रतिष्ठानले आज एक सूचना जारी गर्दै चालु आ.व. २०८१/०८२ मा युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रमका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।
प्रतिष्ठानबाट विज्ञान तथा प्रविधिका विधाहरूमा नतिजामुखी अनुसन्धान तथा नवीनतम प्रविधि विकास गर्न इच्छुक युवा वैज्ञानिक एवं प्राविधिज्ञहरूले सूचना प्रकाशित भएको मितिले २१ दिन कार्यालय समयभित्र आफूले गर्न चाहेको अनुसन्धान प्रस्ताव प्रतिष्ठानको केन्द्रीय कार्यालय ललितपुरमा पेस गर्न आह्वान गरिएको छ।
सूचनाको अन्तिम म्यादसम्ममा आवेदकको उमेर ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।
हेर्नुहोस् सूचना:
