काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेले राजीनामा दिएका छन् ।
पदावधि सकिन एक महिना बाँकी हुँदा उपकुलपति लामिछानेले स्वास्थ्य अवस्थाका कारण काम गर्न नसकेको भन्दै २७ साउनमा राजीनामा दिएका थिए, जुन आइतबार स्वीकृत भएको बताइएको छ ।