९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टी कमिटीहरूलाई माओवादीको सर्कुलर

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टी कमिटीहरूलाई सर्कुलर गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले आइतबार सर्कुलर जारी गरेका हुन्, जसमा स्थायी समिति बैठकका प्रचण्डले वर्तमान परिस्थिति, भावी दिशा र कार्यक्रमबारे राखेका धारणाहरुलाई बुँदागत रूपमा समावेश छ ।

काँग्रेस र एमालेले मध्यरातमा गरेको सहमति सुशासनको अभियानलाई अवरुद्ध गर्न र मुलुकलाई २०४७ सालतिर फर्काउन भएको उनको दाबी छ । दुई दलको सहमति पश्चगामी कदम भएको भन्दै उनले संसदमा सशक्त भूमिका प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् ।

‘सदनमा खबरदारीका बाबजुद पनि प्रतिगमन, राष्ट्रघात र भ्रष्टाचारको संरक्षण गर्ने दिशामा सरकार झनझन अगाडि बढेमा कुनै पनि समयमा सडक आन्दोलनमा जानुपर्ने आवश्यकलाई ध्यानमा राख्नुपर्ने देखिन्छ’, सर्कुलरमा उल्लेख छ ।

बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा ‘प्रचण्ड’ले कतिपय नेताहरूको भनाइ सञ्चार मध्यमहरूमा आउँदा पार्टीलाई गम्भीर क्षति हुने उल्लेख गरेका छन् । स्थायी समिति बैठकमा उपमहासचिव जर्नादन शर्माले राखेको लिखित मत बाहिरिएको थियो ।

त्यसतर्फ संकेत गर्दै ‘प्रचण्डले बैठकमा पार्टी कमिटीका हरेक कुरा सार्वजनिक गर्नु पार्टीको सामान्य मूल्य मान्यताको गम्भीर उल्लंघन हुने बताएका हुन् । ‘अतः आगामी दिनमा त्यस प्रकारका कार्यहरू हुन नदिन सतर्क रहँदै पार्टीको कार्यदिशा, पार्टीको एकता र पार्टी नेतृत्वको पक्षमा एकताबद्ध भएर उभिन सबै कमरेडहरूप्रति हार्दिक आग्रह सहित बैठकको समापन गर्नुभयो’, आइतबारको सर्कुलरमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस