६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्तमान सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्नहरूलाई संरक्षण गर्‍यो : वर्षमान पुन

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले वर्तमान सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्नहरूलाई संरक्षण गर्ने नीति लिएको आरोप लगाएका छन् । 

पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी प्युठानको जिल्ला सम्मेलनलाई आइतबार खलंगामा सम्बोधन गर्दै पुनले सुरुआती कार्यशैलीले सरकार भ्रष्टाचारमैत्री देखिएको बताए । 

आफूहरूलाई सरकारमा जान कुनै हतारो नरहेको स्पष्ट गर्दै उनले भ्रष्टाचारविरुद्धको अभियानबाट सचेत भएका जनताको भावना विपरीत सरकार अघि बढे जनताले विद्रोह गर्ने चेतावनी दिए । आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासनको पक्षमा तथा भ्रष्टाचार र राज्य दोहनका विरुद्ध कठोर कदम चालेपछि आत्तिएका तत्त्वहरूले रातारात सरकार ढालेको उनको भनाइ थियो । 

‘हाम्रो अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको सरकारले चलाएको सुशासनको अभियानलाई अनियमितता, राज्य दोहन र सरकारी सम्पत्ति कब्जा गरेर मोज गरिरहेका मानिसहरूले मन पराएनन्’, पुनले भने, ‘म यो सरकारलाई भन्न चाहन्छु हाम्रो पार्टी नेतृत्वको सरकारले थालेको भ्रष्टाचार र राज्य दोहनविरुद्धको अभियान नरोकियोस् ।’ 

पुनले भ्रष्टाचार र राज्य दोहनको प्रक्रिया नरोकिए नेपालमा श्रीलंका र बंगलादेशको परिस्थिति आउन सक्नेतर्फ सचेत गराए । उनले राज्य सञ्चालनमा जनताको सहभागिता, समावेशिता र  फराकिलो लोकतान्त्रिक अभ्यासबिना राज्य सञ्चालनमा निर्वाचन जित्नुमात्र लोकतन्त्र होइन भन्ने दक्षिण एसिया र विश्वका अरू देशहरूका घटनाक्रमबाट शिक्षा लिन सक्नुपर्ने औँल्याए । 

प्रतिक्रिया दिनुहोस