८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तरगंगा ढोरबराह मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो

अ+ अ-

ढोरपाटन (बागलुङ) । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित उत्तरगंगा ढोरबराह मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।

जनैपूर्णिमामा पूजाअर्चना गर्न देशैभरबाट आएका भक्तजनको घुइँचो लागेको हो । ढोरबराह मन्दिरमा हरेक वर्ष जनैपूर्णिमामा ठूलो धार्मिक मेला लाग्छ । पश्चिम बागलुङकै ठूलो शक्ति पीठका रूपमा रहेको ढोरबराह मन्दिरमा पूजाआजा गर्दा मनोकांक्षी पूरा हुने जनविश्वास रहेको छ ।

प्रसिद्ध धार्मिक स्थल उत्तरगंगा ढोरबराह मन्दिरमा पूजाआजा गर्न, भाकल गर्न तथा भेटी चढाउन नेपालका लागि आएका भक्तजन बिहान ५ बजेदेखि लाइनमा रहेको ढोरपाटन उपत्यका होटल व्यवसायी समितिका अध्यक्ष जीवन पुनले जानकारी दिए। बागलुङसहित छिमेकी जिल्ला गुल्मी, म्याग्दी, रुकुम, रोल्पा, प्यूठानसहित बुटवल, पोखरा काठमाडौँलगायत देशका विभिन्न क्षेत्रबाट भक्तजन आएको उनको भनाइ छ ।

वर्षौं पुरानो यो धार्मिक मेला अहिलेसम्म चल्दै आएको पुन बताउँछन् । आइतबार बिहानदेखि ढोरपाटनमा भक्तजनको आगमन भइरहेको अध्यक्ष पुनको भनाइ छ । जनैपूर्णिमामा मुख्य पूजा आज भए पनि स्थानीय क्लबले खेलकुदसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको हुँदा अझै केही दिन चल्ने उनी बत्ताउँछन् । ढोरबराह मन्दिरमा आज सयौँ भेडा तथा बोकाको बलि दिइने पुनले जानकारी दिए ।

बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङदेखि करिब ३२ किलोमिटर पश्चिममा रहेको ढोरपाटनमा जनपूर्णिमाबाहेक अन्य समयमा पनि भक्तजन तथा पर्यटक घुम्न आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस