६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुलाको तिंकरमा दुई महिनाभित्र अध्यागमन कार्यालय स्थापना गर्दैछौँ : गृह मन्त्री लेखक

अ+ अ-

काठमाडौँ । दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी रहेको गृह मन्त्री रमेश लेखकले जानकारी दिएका छन् ।

दार्चुलाको व्यास गाउँपालिकास्थित तिंकरमा सरकारले दुई महिनाभित्र अध्यागमन कार्यालय खोज्ने काम गृह मन्त्रालयले अन्तिम चरणमा पुर्‍याएको गृह मन्त्री लेखकले जानकारी दिए ।

काठमाडौँमा सोमबार चौपातो, नेपाल संस्थाले आयोजना गरेको कार्यक्रममा गृह मन्त्री लेखकले चीन र भारतसँग सुदूरपश्चिमको व्यापारिक सम्बन्ध बढाउनका लागि सरकारले काम गरिरहेको लेखकले बताए । उनले चीन र भारतलाई जोड्नका लागि सडक निर्माण, सुक्खा बन्दरगाह र अध्यागमन कार्यालय खोल्ने कामलाई अगाडि बढाइएको जानकारी दिए ।

‘महाकाली कोरिडोर र सेती लोकमार्ग लगायतका महत्त्वपूर्ण लोकमार्गको निर्माणलाई अगाडि बढाएर भारतका साथसाथै चीनसँग यातायातलाई जोड्छौँ । नेपाली नागरिक र अर्को तेस्रो मुलुकका नागरिक पनि ती सडक प्रयोग गरेर चीनको महत्त्वपूर्ण ठाउँ, हिन्दु र बुद्ध धर्मावलम्बीहरूका लागि मानसरोवर र भारतका ठूला सहरहरू जोड्न प्रयत्न गर्नेछौँ, ‘मन्त्री लेखकले भने, यस प्रयोजनका लागि मेरै मन्त्रालयबाट आउने दुई महिनाभित्र तिंकरमा अध्यागमनको कार्यालय स्थापना गर्ने र तिंकरबाटै नेपाली र विदेशीहरूलाई सहजतापूर्वक मानसरोवर कैलाश जाने बाटो अगाडि बढाउने भन्ने कार्यक्रम अघि सारेको छु ।’

सरकारले सुदूरपश्चिमबाट भारत र चीन जोड्ने योजना अगाडि सारेको गृह मन्त्री लेखकले जानकारी दिए । भारत संसारकै उदीयमान अर्थतन्त्र भएको र चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र भएको मित्रराष्ट्र भएको र सुदूरपश्चिमको भूगोल दुवै देशका महत्त्वपूर्ण ठाउँहरूबाट सबैभन्दा नजिक पर्ने भएकाले नेपालमा यातायात लगायतका व्यवस्था थप गर्न लागिएको उनले बताए । सुदूरपश्चिमबाट चीन र भारतसँग व्यापारिक सम्बन्ध विस्तारको लागि काम भइरहेको उनले जानकारी दिए ।

गृहमन्त्री लेखकले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको पनि जानकारी दिए । उक्त बन्दरगाह सञ्चालनमा आएपछि सुदूरपश्चिमबाट भारतसँगको व्यापारिक सम्बन्ध स्थापना हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस