९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनलाइनबाट ५ दिनभित्रै समकक्षता प्रमाणपत्र पाइने

अ+ अ-

काठमाडौँ । अनलाइन आवेदन पेस गरेको बढीमा ५ दिनभित्रै अब समकक्षता प्रमाणपत्र उपलब्ध गराइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईका अनुसार अनलाइन आवेदन पेस भएको बढीमा ५ दिनभित्र पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले समकक्षता प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको हो ।

आवश्यक कागजात पेस भइसकेको भए पनि समकक्षता उपलब्ध गराउन कुनै ढिलासुस्ती भएमा मन्त्रालयलाई जानकारी गराउन मन्त्री भट्टराईले बताइन् ।

पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले छोराको समकक्षता प्रमाणपत्र लिँदा ५ हजार घुस बुझाएको भन्दै प्रतिनिधि सभा बैठकमा जानकारी दिएका थिए । त्यसपछि मन्त्री भट्टराईले कर्मचारीले चाहेमा एक दिनमै समकक्षता तयार हुने गरेको भन्दै बढीमा ५ दिनमा समकक्षता उपलब्ध गराउन १५ दिनअघि नै केन्द्रलाई निर्देशन दिएकी थिइन् ।

यसअघि अनलाइनमा आवेदन दिएको कम्तीमा १२ दिनमा मात्रै समकक्षता प्रमाणपत्र उपलब्ध गराइन्थ्यो ।

नेपालमा सञ्चालित स्वदेशी वा विदेशी शिक्षण संस्था वा बोर्डबाट शैक्षिक उपाधि हासिल गरी माध्यमिक तह (कक्षा १० र १२)सरह तथा कक्षा १० भन्दा तल्लो तह र कक्षाको मान्यता तथा समकक्षतापत्र आवश्यक विद्यार्थीले माध्यमिक शिक्षा (कक्षा १० र १२) सरह मान्यता तथा समकक्षता निर्देशिका २०७३ (दोस्रो संशोधनसमेत)मा भएको व्यवस्था र मान्यता तथा समकक्षता निर्धारण समितिको समयसमयमा भएका निर्णयका आधारमा लिँदै आएका छन् ।

२०७९ पुस १ देखि मान्यता तथा समकक्षताको आवेदनलाई पूर्ण रूपमा अनलाइन गरिएको र २०८१ जेठ १७ देखि अनलाइनबाट मात्र उपलब्ध गराइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस