५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कक्षा १२ का करिब ४० हजारले दिए पुनर्योगको लागि आवेदन

अ+ अ-

काठमाडौँ । कक्षा १२ को नतिजामा चित्त नबुझेपछि करिब ४० हजार परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले १८ साउनमा प्रकाशित गरेको नतिजामा चित्त नबुझाएका करिब ४० हजार जनाले पुनर्योग माग गर्दै आवेदन दिएका हुन् ।

पुनर्योगका लागि आवेदन दिने विद्यार्थी संख्या अहिलेसम्मकै धेरै रहेको परीक्षा नियन्त्रक (कक्षा १२) कृष्णप्रसाद शर्माले बताए ।

कार्यालयले २२ साउनसम्म आवेदन दिएका ७ हजार विद्यार्थीको पुनर्योगको नतिजा सार्वजनिक गरिसकेको छ । नतिजा अनुसार अहिलेसम्म ५५ जना को नतिजा परिवर्तन भएको छ ।

कार्यालयले नतिजामाथि चित्त नबुझे विद्यार्थीले पुनर्योगका लागि १ भदौसम्म अनलाइन आवेदन दिन आह्वान गरेको थियो । कक्षा १२ को परीक्षामा नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागीमध्ये एक लाख ८१ हजार ७८५ जनाले एनजी ल्याएका थिए ।

पुनर्योगमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्नका लागि आवेदन दिन सक्नेछन् । पुनर्योगको काम सकेपछि उत्तरपुस्तिकाको लागि आवेदन लिने र त्यही अनुसार काम थाल्ने नियन्त्रक शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस