९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी कर्मचारीका परिवारले सामाजिक दायित्व कुशलतापूर्वक निर्वाह गरिरहेका छन् : महानिरीक्षक कुँवर

अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका परिवारले सामाजिक दायित्व कुशलतापूर्वक निर्वाह गरिरहेको बताएका छन् ।

मंगलबार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले कर्तव्य पालनाको सिलसिलामा प्रहरीहरूले व्यक्तिगत, पारिवारिक र सामाजिक दायित्व निर्वाह गर्न नसके पनि परिवारले कुशलतापूर्वक निर्वाह गरिरहेको बताएका हुन् । 

महानिरीक्षक कुँवरले नेपाल प्रहरी श्रीमती संघले गरेको काम अनुकरणीय भएको बताए । संघले नेपाल प्रहरीका कार्य अशक्त र घाइते प्रहरी परिवारहरूको सीप विकास, क्षमता अभिवृद्धि, प्रहरी सन्ततिहरूको शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकास, दिवा शिशु स्याहार केन्द्रमार्फत प्रहरीका नाबालक सन्ततिहरूको रेखदेख गर्ने लगायतका काम गरिरहेको भन्दै प्रशंसनीय काम भएको बताए । उनले प्रहरी कर्मचारीहरूका परिवारका सदस्यहरूले प्राप्त गरेको विविध कल्याणकारी सुविधा नेपाल प्रहरीका सकल दर्जाहरूको उच्च मनोबलको रूपमा रहेको पनि बताए । यसले समग्र प्रहरीहरूको कार्य सम्पादनमा समेत सकारात्मक परिवर्तन ल्याएको उनको भनाई छ । 

उनले प्रहरी श्रीमती संघले गरेका कामहरूका कारण नेपाल प्रहरीको छवि अभिवृद्धि भएको पनि बताए । 

प्रतिक्रिया दिनुहोस