१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुन फाइल कहाँ अड्किएको छ २४ घण्टाभित्र छिनोफानो गर्न मन्त्री पाण्डेको निर्देशन

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहत निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् ।

बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफलमा मन्त्री पाण्डेले उक्त निर्देशन दिएका हुन् ।

‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ त्यसको २४ घण्टाभित्र छिनोफानो गर्नुस्,’ मन्त्री पाण्डेले भने । असोजभित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेस गर्न कर्मचारीलाई निर्देशन पनि दिए ।

‘त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमबारे अनिवार्य जानकारी गराउनुहोला,’ उनले भने, ‘असोज आउनुअघि नै योजना कार्यान्वयनका लागि के-के गर्छौं ? गर्न सक्ने कार्यक्रम के–के हुन् रु गर्न नसक्ने काम के-के हुन् रु यस सन्दर्भमा अनिवार्य गृहकार्य गर्दै अघि बढ्नू ।’

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरी सोही अनुसार अघि बढ्न निर्देशन दिए । त्यस्तै उनले नीतिगत सुधारका लागि पनि मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नुपर्ने बताए ।

कर्मचारीले इमान्दारी पूर्वक व्यावसायिक धर्म निर्वाह नगर्दा काममा ढिलो हुने बताउँदै मन्त्री, कर्मचारीले नुनको सोझो गर्दै अनिवार्य नतिजा दिने गरी काम गर्न आग्रह गरे ।

त्यसैगरी कानुन निर्माणमा भइरहेको प्रगतिप्रति इंगित गर्दै मन्त्री पाण्डेले तीन दिनभित्र अन्तर मन्त्रालयका काम समेत सम्पन्न हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आश्वस्त पारेको बताए ।

मन्त्री पाण्डेले गर्नुपर्ने कामको प्राथमिकीकरण, नीति सूचीकरण, कानुन निर्माण प्राथमिकताका साथै संरचनागत रूपमा कहाँ-कहाँ त्रुटि छ, त्यसबारे संवेदनशील भएर अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस