६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेमा मिसन-८४ केन्द्रित नेताहरूको कार्यविभाजन

अ+ अ-

काठमाडौँ । नेकपा एमाले झापाको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश कमिटी इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यता तथा जिल्ला पार्टी अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा बैठक भएको हो ।

बैठकले पार्टीको मिसन २०८४ लाई केन्द्रित गरी जिल्ला पार्टीका नेताहरूको कार्यविभाजन गरेको छ । पार्टीले एक वर्षभरी गर्ने कामको वार्षिक कार्ययोजना पनि बनाएको छ । त्यसको लागि आवश्यक पर्ने बजेटसमेत बैठकले बनाएको नेकपा एमाले झापाले जनाएको छ ।

नेकपा एमाले केन्द्रीय सदस्य एवं झापा जिल्ला इन्चार्ज रोमनाथ ओली, कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा लगायतको उपस्थितिमा भएको बैठकले पार्टीका अभियानलाई व्यवस्थित रूपले अघि बढाउने निर्णय गरेको छ ।

कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य शेरधन राईले अबको पार्टीको लक्ष मिसन २०८४ भएकोले त्यसलाई केन्द्रमा राखेर पार्टीको अभियान अघि बढाउन निर्देशन दिए । उनले सिङ्गो पार्टी पङ्तीलाई एक जुट भएर २०८४ सालको निर्वाचनमा तीनवटै तहमा नेकपा एमालेलाई बहुमत सहितको पहिलो दल बनाउने गरी लाग्न आग्रह गरे ।

बैठकले अन्य पार्टीबाट समायोजन भए आएका सहित केही नेताहरूलाई जिल्ला कमिटी सदस्यमा मनोनीत गरेको छ । त्यस्तै ११ जना जिल्ला कमिटी सदस्यलाई सचिवालय सदस्यमा मनोनीत गरेको छ ।

आजकै बैठक निर्वाचन क्षेत्र नं ५ ख मा बोधराज न्यौपानेको संयोजकत्वमा निर्वाचन क्षेत्रस्तरीय कमिटी गठन गरेको छ ।

बैठकमा पार्टी उपाध्यक्ष शिव ढुङ्गेलले बैठकको आचारसंहिता प्रस्तुत गरेका थिए भने कार्यालय सचिव छविलाल विश्वकर्माले करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको वार्षिक आम्दानी र खर्चको अनुमानित विवरण प्रस्तुत गरेका थिए ।

त्यस्तै लेखा आयोगको अध्यक्ष राजेन्द्र भट्टराईले लेखा कमिटीको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस