काठमाडौँ । तनहुँको घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । व्यास नगरपालिका-१२ घाँसीकुवामा माथिबाट पहिरो खसेर राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको हो ।
सो राजमार्ग आवतजावत गर्ने सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । माथिबाट पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध भएको सडक खुलाउनका लागि पहल भइरहेको जनाएको छ ।
वैकल्पिक सडक प्रयोग गर्न आग्रह
पहिरोले मुख्य सडक बन्द भएपछि साना तथा ठूला सवारी साधनहरिलाई अलग-अलग वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता दिपक कुमार रायका अनुसार साना तथा मझौला सवारी साधनहरिलाई दमौलीतर्फबाट आउनु परेमा तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवा निस्किन भनिएको छ ।
यसैगरी घाँसीकुवातर्फबाट दमौलीतर्फ जानु परेमा घाँसीकुवा, पोल्याड, रानीगाउँ हुँदै तालघरे निस्किन सकिन्छ ।
ठूला सवारी साधनहरिलाई भने डुम्रे-बेसीशहर सडकखण्ड प्रयोग गरेर पोखरा आऊ-जाउ गर्न भनिएको छ ।