७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रान्सफर्मरमा समस्या आएपछि विद्युत् उत्पादन बन्द

अ+ अ-

भजनी । कैलालीको जानकी गाउँपालिका-९ कटाक्षेमा निर्माण भएको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनामार्फत निर्माण भएको जलविद्युत् ट्रान्सफर्मरमा समस्या आएपछि एक महिनादेखि बन्द अवस्थामा रहेको हो ।

विद्युत् गृहको ३३ केभी पिटी ट्रान्सफर्मर जलेपछि विद्युत् उत्पादन एक महिनादेखि बन्द छ । जलेको सामान नेपाल बाहिरबाट ल्याउनुपर्ने हुँदा पुनः सञ्चालन गर्न समय लागेको बताइएको छ । “नेपालमा सामान पाइएन । भारतमा पनि उत्पादन गरेरै ल्याउनुपर्ने भएको हुँदा समय लागेको हो । तुन्दी निर्माण कम्पनीका उदयराज पोख्रेलले भने, “पहिलेको पुरानो सामानको स्याम्पल पठाएपछि मात्रै सामान बन्यो । अब एक हप्ताभित्र सामान पुग्ने भनिएको छ । सामान जडान गरेर पुनः विद्युत् उत्पादनलाई निरन्तरता दिन्छौँ ।”

पाँच पटकसम्म म्याद थप गरेर काम सम्पन्न गरेको निर्माण कम्पनीले अझै पनि क्षमता अनुसारको विद्युत् उत्पादन गर्न सकेको छैन ।  चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन क्षमता भए पनि अहिले तीन दशमलव १४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो । तीन वटा युनिटबाट विद्युत् उत्पादन गर्न सकिने भए पनि दुई वटा युनिटबाट मात्रै विद्युत् उत्पादन हुँदै आएको रानी जमरा कुलरिया सिँचाइ आयोजनाका सूचना अधिकारी नवीन पौडेलले जानकारी दिए । 

“पूर्णरुपमा अझै विद्युत् उत्पादन हुन सकेको छैन । क्षमताअनुसार विद्युत् उत्पादन भएपछि मात्रै त्यसको स्वामित्व सिँचाइ आयोजनाले ग्रहण गर्छ,” सूचना अधिकारी पौडेल भन्छन्, “आउने पुससम्म निर्माण कम्पनीको सम्झौता अनुसारको समय छ । त्यो अवधिसम्म सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने भनेको छ ।” सो क्षेत्रबाट उत्पादन भएको विद्युत् २०८० फागुनमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । ३३ केभी लम्की सब स्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको निर्माण कम्पनीका साइट इन्चार्ज पोख्रेल बताउछन् ।  

प्रतिक्रिया दिनुहोस