७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्याट छुटको दायराबाट डिजिटल भुक्तानी सेवा प्रदायकलाई हटाउँदा सेवाग्राहीमाथि भार थपियो’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले नेपाल क्लियरिङ हाउस, फोनपे, इसेवा, खल्तीलगायत डिजिटल सेवा प्रदायकहरूलाई सरकारले भ्याट छुटको दायराबाट हटाउँदा सेवाग्राहीमाथि भार परेको बताएकी छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद गौतमले डिजिटल भुक्तानी सेवाहरूका लागि भ्याट छुट हटाइदिएका कारण डिजिटल कारोबार महँगो भएको बताएकी हुन्।

‘नेपाल क्लियरिङ हाउसले अब प्रत्येक लेनदेनमा अधिकतम ८ रुपैयाँ शुल्क साथै १३ प्रतिशत भ्याट लगाइरहेको छ,’ उनले भनिन्, ‘जसले बैंकहरू र उपभोक्ताहरूको लागि लागत बढाउँदै छ। डिजिटल सेवा प्रदायकबाट हुने कारोबारमा अतिरिक्त शुल्क लाग्ने गरेको छ।’

पहिले निः शुल्क हुने कारोबारमा अहिले पैसा लाग्दा सेवाग्राहीमाथि भार थपिएको उनको भनाइ छ।

‘वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न डिजिटल लेनदेनमा भ्याटको आवश्यकतालाई पुनः मुल्यांकन गर्न आवश्यक छ,’ उनले भनिन्, ‘डिजिटल भुक्तानी प्रयोग गर्ने उपभोक्ताको लागि १० प्रतिशत भ्याट फिर्ता गर्नु पर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र डिजिटल नेपाल फ्रेमवर्कसँग मेल खाने गरी कर नीतिहरूलाई नोटरहित अर्थतन्त्रको लक्ष्यलाई समर्थन गर्ने गरी सुनिश्चित गर्नका लागि सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु।’

प्रतिक्रिया दिनुहोस