७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘वातावरणलाई स्वच्छ राख्न युवाको भूमिका महत्त्वपूर्ण’

अ+ अ-

काठमाडौँ । वातावरण प्रदूषण हटाएर स्वच्छ हावा कायम राख्न युवाको भूमिका महत्त्वपूर्ण रहेको सरोकार भएकाहरूले बताएका छन् । आज स्वच्छ हावा नेटवर्क नेपालले यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले वातावरणलाई स्वच्छ राखी प्रदूषण हटाउन बुबाको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिए ।

नेटवर्कका संयोजकसमेत रहेका वातावरणविद् डा. भूपेन्द्र दासले बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि स्थानीय तहलाई सक्षम बनाउन आवश्यक रहेकामा जोड दिए । उनले स्वच्छ हावा कायम नराखे सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पर्दै जाने भएकाले वातावरण स्वच्छ कनाउन युवाले पहलकदमी लिनुपर्ने बताए।

“वायु प्रदूषणको असर र न्यूनीकरणका लागि तीनै तहका सरकार, सम्बन्धित विषयमा सरोकार भएका निकायबीच समन्वय र सहकार्य जरुरी छ । यसका बारेमा जनस्तरमा व्यापक रूपमा जनचेतना अभिवृद्धि गर्नु पनि आवश्यक छ”, वातावरणविद् डा. दासले भने, “स्थानीय स्तरमा वायु प्रदूषण सम्बन्धी जनचेतना अभिवृद्धि गरी प्रदूषण न्यूनीकरणका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ । स्थानीय तहको क्षमता अभिवृद्धि गराई वातावरणीय स्वच्छताका कार्यक्रमलाई प्राथमिकतामा राख्न आवश्यक छ ।”

उनले तीनै तहका सरकारलाई वायु प्रदूषण न्यूनीकरणसम्बन्धी नीति प्रभावकारी कार्यान्वयनका लागि दबाब दिन युवाको भूमिका महत्त्वपूर्ण रहने भन्दै यसमा युवाले अग्रसरता लिनुपर्नेमा जोड दिए ।  

वातावरण अभियन्ता भोला भट्टराईले पछिल्लो समय बढ्लो सहरीकरण तथा औद्योगीकरणका कारण वायु प्रदूषण पनि बढ्दै गएको भन्दै यसको नियन्त्रण गर्न नसके मानवीय स्वास्थ्यमा गम्भीर असर पुग्ने बताए। “वायु प्रदूषणमा काठमाडौँ प्रदूषित सहरको रूपमा सूचीकृत भएको छ ।

प्रदूषण बढेको समयमा रोकथाम तथा नियन्त्रणसम्बन्धी विषयले स्थान पाउँछ”, उनले भने “हामीले सधैँ वातावरणीयलाई स्वच्छता कायम राख्न पहल गर्नुपर्छ । युवा वर्ग जागरुप भएर वायु प्रदूषण नियन्त्रण तथा यसको असर न्यूनीकरणका विषयमा अभियान सञ्चालन गरी अगाडि बढाउन जरुरी छ ।”

युवा अभियन्ता सोनम श्रेष्ठले नेटवर्कले देशभरका युवालाई जोडेर स्वच्छ हावा कायम राख्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । वातावरण न्यायका लागि आवाज उठाएर वायु प्रदूषण न्यूनीकरण गर्न आवश्यक रहेको अभियन्ताहरूको भनाइ छ । संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको स्वच्छ वातावरणको हक प्रभावकारी रूपमा कार्यान्वयन हुन आवश्यक रहेको कार्यक्रमका सहभागीले जोड दिएका छन् । 

प्रतिक्रिया दिनुहोस