१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिका स्थायित्व प्रदान गर्न अहिलेको सत्ता गठबन्धन बनेको हो : गृह मन्त्री लेखक

अ+ अ-

महेन्द्रनगर(धनुषा) । गृह मन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न वर्तमान सत्ता गठबन्धन बनेको बताएका छन् । 

जिल्ला प्रशासन कार्यालय धनुषाको नयाँ भवनको आज यहाँ शिलान्यास गर्दै गृह मन्त्री लेखकले नेपाली काँग्रेस र नेकपा (एमाले) एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज भएको बताए। दुई ठूला दल एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने उनको भनाइ थियो । 

गृहमन्त्री लेखकले दुई ठूला दलको समीकरणबाट निर्माण भएको अहिलेको सरकारले देशलाई नयाँ आयामतर्फ लैजाने बताए । “वर्तमान समीकरणबाट बनेको सरकारले मुलुकका जटिल समस्या समाधान गर्न सघाएको छ”, उनले भने, “ अहिले नेपाली जनतामा सरकारप्रति विश्वासको वातावरणको सिर्जना भएको छ ।”

अठार वर्षदेखि निष्कर्षविहीन रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय अहिलेको दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले) एक ठाउँमा उभिँदा निष्कर्षमा पुग्न सफल भएको गृहमन्त्री लेखकले स्पष्ट पारे । उनले भने,  “समीकरण बन्ने र भत्किने क्रम चलिरहँदा देशले राजनीतिक रूपमा स्थायित्व पाएन, यसले नागरिकको सेवा प्रवाहलाई समेत प्रभावित गर्‍यो ।”

अहिले निर्माण गरिएको सत्ता समीकरण मुलुकका लागि निर्विकल्प रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले तत्कालै यसको विकल्प खोज्नु उचित नहुने बताए। “यसले जटिल समस्या समाधान मात्रै गरेको छैन, मुलुकमा राजनीतिक स्थायित्व समेत प्रदान गरेको छ”, उनले भने  । 

गृहमन्त्री लेखकले सत्तापक्ष र प्रतिपक्ष दुवै लोकतन्त्रका अपरिहार्य आधार भएकाले विकास, आर्थिक समृद्धि, कानुनको शासन सुनिश्चित गर्नेलगायतका कुरामा सबै सँगै मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले राजनीतिक अस्थिरताको प्रभावले विगतमा केन्द्र र प्रदेशमा असर परेकाले बाँकी रहेका विकास निर्माणका काम  अब दुई ठूला पार्टी मिलेर बनेको वर्तमान सरकारले पूरा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस