काठमाडौँ । तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये अचेत १४ जनासहित २९ जनाको उद्धार गरिएको छ ।
तनहुँका प्रहरी प्रवक्ता एवं डीएसपी दिपक कुमार रायका अनुसार उद्धार कार्य जारी छ ।
आज बिहान पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी ऐना पहारा भन्ने ठाउँबाट मर्स्याङ्दीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।