९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वी नाकाबाट ई-रिक्सा आयातमा वृद्ध 

अ+ अ-

झापा । पूर्वी नाका काँकडभिट्टाबाट विद्युतीय रिक्सा (ई-रिक्सा)को आयात वर्षेनी बढिरहँदा  परम्परागत पाइडल रिक्सा लोप भएका छन् । पाँच वर्षमा रु. ८९ करोड ४३ लाख ३६ हजार १६१ मूल्य बराबरको १० हजार १६४ वटा ई-रिक्सा आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलले बताए।

उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु. ४१ करोड २० लाख ३९ हजार ९५९ मूल्य बराबरको चार हजार ६४५  ई-रिक्सा पूर्वी नाकाबाट भित्रिएको छ । यसअघिको आव २०७९/८० को तुलनामा उक्त आयात दोब्बरभन्दा बढी हो । 

आव २०७९/८० मा रु. १६ करोड ७१ लाख १९ हजार दुईसय १३ मूल्य बराबरको एक हजार ८५९ ई-क्सा आयात भएको थियो । ई-रिक्साको आयात महसुल बापत मेची भन्सार कार्यालयले विगत पाँच वर्षमा रु. ३१ करोड ३७ लाख ३२९ राजस्व असुली गरेको भन्सारले जनाएको छ ।

आव २०७६र७७ मा यही नाकाबाट रु. आठ करोड ८१ लाख ५१ हजार ८४० मूल्य बराबरको एक हजार ३२ वटा ई-रिक्सा आयात भएको थियो भने आव २०७७/७८ मा रु. आठ करोड ७२ लाख सात हजार ९९९ मूल्य बराबरको एक हजार ११५  आयात भएको थियो । तथ्याङ्कले ई–रिक्साको आयात वर्षेनी निरन्तर बढेको देखाउँछ । आव २०७८/७९ मा रु. १३ करोड ९८ लाख १७ हजार १५० मूल्य बराबरको एक हजार ५१३ वटा ई-रिक्सा काँकडभिट्टास्थित भन्सार भएर आयात भएको थियो ।

विगत पाँच वर्षयता झापाको सहर बजारमा विद्युतीय रिक्साले छोटो दूरीको सवारीमा एकछत्र सेवा पुराउँदै आएको छ ।

विद्युतीय रिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्सा लोप भइसकेका छन् । विद्युतीय रिक्सा ब्याट्रीबाट चल्ने हुँदा यसलाई घरमै रिचार्ज गरेर चलाउन सकिन्छ भने चालकलाई यसले थप सुविधाजनक तुल्याएको छ ।

 विगतमा परम्परागत रिक्सा चलाउनेहरूले अहिले ई–रिक्सा खरिद गरेर गुजारा चलाउन थालिसकेका छन् । यसैबीच, पूर्वी नाका काँकडभिट्टा हुँदै विगत पाँच वर्षमा रु. दुई करोड ४० लाख १३ हजार २४७ मूल्य बराबरको १४५ वटा तीन पाङ्ग्रे स्कुटर भन्सार महसुल छुटमा आयात भएको छ ।

मेची भन्सार कार्यालयबाट प्राप्त तथ्यांक अनुसार फरक क्षमता भएका शारीरिक अशक्त व्यक्तिहरूले प्रयोग गर्ने तीन पाङ्ग्रे स्कुटर भन्सार छुटमा आयात गर्दा प्रज्ञापन पत्र बापत रु. पाँच सय र मूल्य अभिवृद्धि कर बापत रु. ६५ मात्र महसुल बुझाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस