७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरले थामे बाढी पीडितलाई २० लाख सहयोग गर्ने

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका बाढी प्रभावितलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

थामे बाढी प्रभावितलाई राहत र पुनर्स्थापना गर्न गाउँपालिकाको कोषमा राहत रकम उपलब्ध गराउने निर्णय भएको महानगरले जनाएको छ ।

महानगर अन्तर्गत विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका मेयर बालेन साहको अध्यक्षतामा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौँ महानगरले यसअघि जाजरकोट भूकम्प र मधेशमा भएको आगलागी पीडितलाई पनि राहत दिएको थियो ।

३२ साउनमा खुम्बुको थामेमा हिमपहिरो विस्फोट हुँदा गेग्रान र ढुंगा सहित आएको बाढीले एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, २ वटा होटेल, १३ वटा घर पूर्ण र १० वटा घर आंशिक रूपमा क्षति भएको थियो । ९५० किलोवाट क्षमताको जलविद्युत् परियोजनामा समेत क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस