१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जर्मनीमा छुरा आक्रमण, तीन जनाको मृत्यु, चार घाइते

अ+ अ-

सोलिनजेन, जर्मनी,। पश्चिमी जर्मनीको सोलिनजेन सहरमा शुक्रबार आयोजित एक उत्सवमा छुरा आक्रमण हुँदा तीन जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ  ।

प्रहरीले संदिग्ध आक्रमणकारीको खोजी जारी राखेको बताएको छ ।  “अहिलेसम्म आतङ्ककारीबारे कुनै विस्तृत विवरण छैन, प्रहरीले फोटो र भिडियोसहित अनलाइन पोर्टलमार्फत शुक्रबार राती भएको आक्रमणको जानकारी खोजिरहेको छ”,डुसेलडोर्फ सहरका एक प्रहरी प्रवक्ताले बताए ।

आक्रमणको लगत्तै विशेष प्रहरी बलको टोली हेलिकप्टरसहित घटनास्थलमा पुगेको थियो । आक्रमणकारीले “मानिसहरूलाई अन्धाधुन्ध छुरा प्रहार गरेको” बिल्ड दैनिकले जनाएको छ । 

सोलिनजेन सहरको ६५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित महोत्सवमा यो आक्रमण भएको हो ।  सोलिनजेनका मेयर टिम–ओलिभर कुर्जबाचले घटनाबाट सम्पूर्ण सहर स्तब्ध भएको बताए । 

“हामी सबै मिलेर सहरको वार्षिकोत्सव मनाउन चाहन्थ्यौं तर अहिले यस अप्रिय घटनामा मृत्यु हुनेप्रति शोक व्यक्त गरिरहेका छौ”, कुर्जबाचले भने ।

कुर्जबाचले घटनास्थलमा गरेको कामको लागि आपत्कालीन सेवालाई धन्यवाद दिए । आक्रमणको प्रत्यक्षदर्शीप्रति सहानुभूति प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस