७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा प्रणाली कस्तो बनाउने भनेर बहस जरुरी छ : शिक्षा मन्त्री भट्टराई

अ+ अ-

नवलपरासी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले देशको राजनीति कस्तो हुने भन्ने विषय शिक्षा र चेतनामा निर्भर हुने भएकाले अब शिक्षा प्रणालीबारे बहस हुन जरुरी रहेको बताएकी छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले सुरु गरेको ‘हाम्रो खुसी पाठ्यक्रम’ शुभारम्भ कार्यक्रममा शनिबार उनले हालसम्म राजनीति कस्तो हुने भन्ने विषयमै बहस केन्द्रित हुने गरेकोमा अब शिक्षाका बारेमा पनि गम्भीर बहस चलाउनुपर्ने आवश्यकता औँल्याइन् ।

‘हामीले लामो समयसम्म राजनीति कस्तो हुने भनेर बहस, सङ्घर्ष र आन्दोलन गर्‍यौँ, तर शिक्षा कस्तो बनाउने भनेर कमै गर्‍यौँ । त्यसैले अब शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी छ’, मन्त्री भट्टराईले भनिन् ।

उनले समाजको नेतृत्व तथा संस्कृति निर्माणमा शिक्षा र चेतनाले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस क्षेत्रको विकासका लागि सबै गम्भीर बन्नुपर्नेमा जोड दिइन् ।

‘राजनीतिले नीतिगत नेतृत्व गरे पनि समाजको नेतृत्व शिक्षा र संस्कृतिले गर्ने हो । त्यो संस्कृति र राजनीति कस्तो हुन्छ भन्ने कुराको व्याख्या पनि शिक्षाले नै गर्छ । त्यसैले हामी शिक्षाका बारेमा अलि बढी गम्भीर बन्न आवश्यक छ’, मन्त्री भट्टराईको भनाइ थियो ।

उनले मध्यविन्दु नगरपालिकाले यो बहस उठान गरेकोमा धन्यवाद दिँदै समाजमा विकास हुँदै गरेको निराशा, असन्तोष अन्त्य गर्न खुसी दिन सक्नुपर्ने बताइन् ।

मन्त्री भट्टराईले खुसी दिन सकिए मात्र समाजलाई परिवर्तन उन्मुख गर्न सकिने धारणा राखिन् । यसका लागि ‘हाम्रो खुसी पाठ्यक्रम’ सुरु गरी नगरपालिकाले अनुकरणीय काम गरेको उनको भनाइ छ ।

मेयर भीमलाल अधिकारीले बालबालिकाको सिकाइसँग जोडेर असल नागरिक उत्पादन गर्ने हेतुले नगरपालिकामा पाठ्यक्रम सुरु गरेको बताए ।

पाठ्यक्रम पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत गरी ६६ वटा विद्यालयमा कक्षा १ देखि ८ सम्म लागू हुनेछ । बालबालिकाको कल्याण, मानसिक स्वास्थ्य र समाजको दीर्घकालीन विकासलाई ध्यानमा राखेर पाठ्यक्रम लागू गरिएको मेयर अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस