७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देश विकासको मुख्य आधार गुणस्तरीय शिक्षा : सभामुख घिमिरे

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देश विकासको मुख्य आधार गुणस्तरीय शिक्षा भएको बताएका छन् ।

सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित चौतारा बहुमुखी क्याम्पसको २४औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले कुनै मुलुक समृद्ध छ भन्नुको तात्पर्य त्यो मुलुक शिक्षा क्षेत्रमा अब्बल छ भनेर बुझ्नुपर्ने बताए ।

देशलाई आवश्यक पर्ने प्रकारका जनशक्ति उपलब्ध गराउन शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गर्नुपर्नेमा उनले जोड दिए । सभामुख घिमिरेले नागरिकलाई गुणस्तरीय शिक्षा दिन राज्यको नीति इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले राज्यको शिक्षा नीति, युगानुकूल पाठ्यक्रम, सुविधायुक्त भौतिक पूर्वाधार एवं प्रभावकारी अनुगमन मूल्यांकन जस्ता पक्षबाट मात्रै गुणस्तरीय शिक्षा प्राप्त हुने बताए ।

वार्षिकोत्सवका अवसरमा क्याम्पसका संस्थापक कृष्णराज श्रेष्ठ, माधवलाल कर्मचार्य, बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलाललगायतलाई सभामुख घिमिरेले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस