६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरानमा लागुऔषध कारोबारमा संलग्न १ सय ९३ जना पक्राउ

अ+ अ-

धरान (सुनसरी) । धरानमा गत आर्थिक वर्षमा लागुऔषधको कारोबार गर्ने एक सय ९३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कअनुसार गत आव २०८०/८१ एक सय ७६ पुरुष र १७ महिला गरी एक सय ९३ जना लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरी निरीक्षक भीमराज राईले चालु आव २०८१/८२ को साउन महिनामा मात्रै १० वटा मुद्दामा १६ पुरुष र एक महिलालाई पक्राउ गरिएको जानकारी दिए । यसरी पक्राउ पर्नेमध्ये अधिकांश युवापुस्ता रहेका उनले बताए । गत आवमा आफ्नो कार्यालयमा लागु औषधका एक सय दुई मुद्दा दर्ता भएका राईले बताए । 

आर्थिक वर्ष २०७८/८९ मा ५५ मुद्दा दर्ता भई ७९ पुरुष र चार महिला पक्राउ परेका थिए भने आव २०७७/७८ मा ५७ मुद्दा दर्ता भएकामा ७९ पुरुष र चार महिना पक्राउ परेका थिए । पछिल्लो चार वर्षको तथ्याङ्क तुलना गर्दा लागुऔषध कारोबार गर्ने सङ्ख्या निरन्तर बढिरहेको छ । यीमध्ये लागुऔषधको प्रयोग र कारोबारमा ज्याला मजदुरी गर्ने, बेरोजगार युवाको संलग्नता देखिएको प्रहरीले जनाएको छ । 

उमेर समूहका आधारमा १८ देखि ३५ वर्ष उमेरका युवाको सङ्ख्या बढी रहेको छ । अघिल्ला दुई आर्थिक वर्षमा यो समूहका ४६ जनालाई पक्राउ गरिएको थियो भने १७ वर्षभन्दा कम उमेरका ३२ जना पक्राउ परेका थिए ।  

धरान उपमहानगरपालिकाले हरेक शुक्रबार लागुऔषध विरुद्ध सचेतना अभियान पनि सञ्चालन गरिरहेको छ । उपमहानगर प्रमुख हर्कराज राईले घर र विद्यालय तहबाटै सचेतना जगाउनु आवश्यक रहेको र हरेक अभिभावकले आफ्ना परिवारका सदस्यको निगरानी गर्न आवश्यक रहेको बताए । 

प्रतिक्रिया दिनुहोस