११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विरोध गर्न कारण चाहिँदैन, उनीहरू भत्ता पचाइरहेका छन् : प्रधानमन्त्री ओली 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाली समाजमा केहीले भत्ता पचाउन विरोध गरिरहेको आरोप लगाएका छन् ।

अहिले नेपाली समाजमा विरोध गर्न, कसैको इज्जतमा धावा बोल्न, अपमानजनक अभद्र शब्दहरू प्रयोग गर्न केही कारण नचाहिने भन्दै ओलीले भने, ‘ती युवाहरू, ती व्यक्तित्वहरू यत्तिकै त्यसो गरिरहेका छैनन् । तिनीहरू पारिश्रमिक पचाइरहेका छन्, भत्ता पचाइरहेका छन् ।’

जिल्ला प्रहरी परिसर, काठमाडौँको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै ओलीले यस्तो बताएका हुन् । यत्तिकै चिन्दै नचिनेको मान्छेलाई जथाभाबी अपशब्द बोल्ने, अपमान गर्ने कसैले इच्छा राख्नै नसक्ने भन्दै उनले भने, ‘इच्छा जब परनियन्त्रणमा हुन्छ, तब त्यो एकढंगले भन्ने हो भने यसका लागि एउटा बाध्यता बढ्दै जान्छ । त्यही बाध्यता बढ्दै गएर समाजमा उच्छृङ्खलता, फाटो मच्चाउने काम हुन्छ ।’

कोही के नाममा, कोही के नाममा यस्ता शक्तिहरू सल्बलाइरहेका देखेको भन्दै ओलीले भने, ‘कोही मुक्तिका नाममा कोही धर्मका नाममा, अनेक प्रकारका शक्तिहरू समाजमा शान्ति खल्बल्याउन र समाजलाई बिथोल्नका लागि प्रयासरत छन् ।’

त्यस्ता शक्तिलाई देशको विकाससँग सरोकार नरहेको भन्दै उनले भने, ‘उनीहरूलाई देशमा शान्ति सुव्यवस्था, अमनचयनसँग सरोकार छैन । उनीहरूलाई अरूका अधिकारमाथि अतिक्रमण गर्नु हुँदैन भन्ने छैन ।’

ओलीले देशलाई अझ बढी अस्थिरता, अन्यौलता र अराजकतातर्फ लिएर जाने प्रयास भइरहेको भन्दै २०७९ फागुनमा गोंगबुमा भएको लुटपाटको घटना समेत स्मरण गरे ।

‘अलिकति मौका मिल्यो भने गोंगबुमा लुटपाट भएको हामीले देख्यौँ, ठूलो क्रान्तिकारी देखिनेहरू के गरे भने मोबाइल झोलामा हाल्दै भाग्दै गरे’, ओलीले थपे, ‘ठूलो कुराको गन्तव्य के रहेछ भने मोबाइल खल्तीमा हाल्दै भाग्दै त्यस्ता कुराहरूमा हरदम सतर्क हुनुपर्छ ।’

यस्ता कुरामा ध्यान दिन ओलीले प्रहरी प्रशासनलाई निर्देशन समेत दिए ।

कार्यक्रममा मुख्य सचिव, प्रमुख प्रमुख, निमित्त सेना प्रमुखदेखि उच्च सुरक्षा अधिकृतहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस