३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी जागिरबाट अवकाशपछि उपसचिवले थाले कृषि कर्म

अ+ अ-

काठमाडौँ। जल तथा ऊर्जा आयोगबाट प्राविधिक उपसचिव (इलेक्ट्रोनिक इञ्जिनियर) बाट दुई वर्षअघि अवकाश भएयता लहान नगरपालिका-१६ का सुकदेव चौधरी कृषि कर्ममा रमाइरहेका छन् ।

अध्ययन र अनुभवको क्षेत्र फरक भए पनि कृषि कर्म मनमा शान्ति दिने अस्त्र भएको उनले सुनाए । उमेरले छ दशक पूरा गरेका उनको लोभलाग्दो व्यावसायिक फलफूल खेती देख्दा धेरैले प्रशंसा गर्ने गरेका छन् ।

उनले लहान बजारबाट १० किलोमितर उत्तरतर्फ चुरेको काखमा अवस्थित करिब चार बिघा आफ्नै जमिनमा ‘कालिका कृषि फर्म’ दर्ता गरी ड्रागन फ्रुट, आँप, लिची, कागती, अम्बा, स्याउ, मेवालगायत फलफूल खेती गरिरहेका छन् । त्यसबाहेक चारवटा माछा पोखरी पनि छन् ।

विसं २०६५ मा ऊर्जासम्बन्धी विदेश भ्रमणमा छिमेकी मुलुक चीन गएको बेला ऊर्जा र कृषिसम्बन्धी अवलोकनबाट कृषिमा नेपालमा पनि केही गर्न सकिने सकंल्प लिएर अवकाश हुनुभन्दा चार वर्ष अगाडि नै कृषि फर्म दर्ता गराएर पूर्वाधार तयार गरिएको चौधरीले जानकारी दिए ।

प्राविधिक क्षेत्रमा सिद्धहस्त चौधरीलाई आकाशपछि पनि सोही क्षेत्रमा काम गर्ने अवसरको कुनै कमी थिएन । तर पनि उनी अवकाशपछि कृषि कर्ममै समर्पित भए । ‘एउटै पेसा जिन्दगीभर गरिरहँदा दिक्क लाग्ने हुँदो रहेछ । शरीर र दिमागलाई पनि कुनै फरक पेसा र व्यवसायको स्वाद लिने रहर लाग्ने रहेछ सायद । मलाई पनि त्यही रहरले डोर्‍यायो’,चौधरीले भने ।

सामाजिक रूपमा इञ्जिनियरिङ पेसालाई निकै प्रतिष्ठित पेसाका रूपमा हेरिन्छ । तर कृषि कर्ममा रमाउनेहरूले त्यस प्रकारको सम्मान पाइसकेका छैनन् ।

विभिन्न देशमा भ्रमण गर्दा त्यहाँको आधुनिक कृषि प्रणाली र कृषकलाई सरकारले दिएको महत्वले आफूलाई प्रभावित बनाएको चौधरीको भनाइ छ ।

चौधरीको घर वरिपरि फलफूलको आकर्षक र लोभलाग्दो खेतीले जो कसैको मन मोहित बनाउँछ । करिब ३० लाख रुपैयाँ लागतमा सुरु गरेका व्यावसायिक कृषि खेतीबाट चौधरीले मुनाफा प्राप्त गर्न थालिसकेका छन् ।

‘जागिरबाट अवकाश हुनुभन्दा केही वर्षअघिदेखि नै ड्रागन खेती सुरु गरिसकेको थिए । त्यसपछि फलफूल खेती, माछा र माहुरी पालन पनि एकसाथ सुरु गरेको छु’, चौधरीले भने, ‘दुई वर्ष अघिदेखि १४ कठ्ठा क्षेत्रफलमा लगाइएको व्यावसायिक ड्रागन फ्रुटका खेतीले सोचेभन्दा राम्रो सफलता पाएको छु, अन्य फलफूलका बिरुवा हुर्कैदैछन् ।’

चौधरीले ड्रागन खेतीबाट जति आम्दानी गरेका छन्, त्यति नै आम्दानी ड्रागनको बोट मुनी लगाएका अन्य अन्तरबालीले दिइरहेको छ । उनले अन्तरबालीका रूपमा सिजन अनुसार लसुन, प्याज, भेण्डी, खुसार्नीलगायत तरकारी तथा फलफूल लगाएका छन् । त्यसबाहेक व्यावसायिक तरकारी खेती गरेका छन् । अन्तरबालीले ड्रागन फ्रुट खेतीलाई राम्रो स्याहारसुसार पुग्ने र त्यसबाट लाभ लिएको चौधरीको भनाइ छ ।

कृषि कर्ममा चौधरी सक्रियताका साथ आफैँ बिहानदेखि बेलुकासम्मै खट्छन् । उनलाई श्रीमती हरिदेवी चौधरीले साथ दिएकी छन् । एक जना छोरा भने वैदेशिक अध्ययनमा रहेको उनले जानकारी दिए ।

जागिरे जीवनमा हुँदा काठमाडौँमा करिब १६ वर्ष श्रीमतीले सुगर र प्रेसरको औषधि खानुपरेको भए पनि अहिले खेतबारीमा श्रम गर्दा उक्त रोग अहिले सामान्य अवस्थामा रहेको र कुनै औषधि खानु नपरेको चौधरी बताउँछन् ।

‘केही नगरी बसेर दिन कटाउनु भनेको रोग पाल्नु जस्तै रहेछ । त्यो भन्दा त कृषि कर्मले शरीर पनि फुर्तिलो, खाने कुरा पनि अर्गानिक उत्पादन हुने । विभिन्न रोगबाट छुटकारा पनि’, चौधरीले भने ।

चौधरीले खेतीमा अर्गानिक कम्पोस्ट मल प्रयोग गरेका छन् । उनले अहिले पाँच जना स्थानीयलाई नियमित रोजगारीमा काम पनि दिलाएका छन् । युवाहरू बेरोजगार भएर भतारिने समस्या देख्दा आफूलाई दुःख लाग्ने चौधरी बताउँछन् ।

‘मिहिनेत गर्ने हो भने जीविकोपार्जन गर्न कुनै समस्या छैन । तर, त्यसको लागि स्पष्ट दृष्टिकोण र सरकारको स्पष्ट नीति चाहिन्छ । नेपालमा जमिनको महत्त्व नबुझेर विदेश जाने प्रवृत्ति छ । किन विदेश जानु रु खेतबारी बाँझै किन छोड्नु रु विदेशमा गर्ने जति मेहनत यही गर्ने हो भने यहाँको माटोमा सुन फलाउन सकिन्छ’, चौधरीले भने ।

अवकाश प्राप्त कर्मचारी तथा अन्य कृषि कर्ममा लाग्न चाहनेका लागि सुकदेव चौधरी उदाहरण भएको लहान नगरपालिका कृषि शाखाका संयोजक तथा वडा नम्बर १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीको भनाइ छ ।

उनी भन्छन्, ‘म आफैँ कृषिको निर्देशक भएर अवकाश पाएको व्यक्ति हुँ । अवकाश पश्चात् राजनीतिमा जोडिए । अहिले दोस्रो कार्यकालको रूपमा वडाध्यक्ष भएको छु । लहान नगरपालिकाको कृषिलाई उद्योग र रोजगारीसँग जोड्न गृहकार्यमा लागेको बेला अवकाश प्राप्त उपसचिव शुकदेव चौधरीले थाल्नुभएको नमूना कृषि फर्मबाट लहान नगरपालिकाले एउटा कृषि प्रयोगशाला भेटाएको अनुभूति गरेका छौँ ।’

उनले चौधरीको कृषि फार्मलाई नगरपालिकाका तर्फबाट अनुदान दिलाएको र नगरको उत्कृष्ट कृषक घोषणा गरी सम्मान गरेको पनि जानकारी दिए ।

आफूले अर्कै पेसामा जानेको सीप र कलाको सट्टा इन्टरनेटबाट प्राप्त ज्ञानलाई कृषि कर्ममा प्रयोग गरिरहेको चौधरीले बताए । जागिरबाट अवकाश लिएपछि पनि मनलाई खुसी राख्न मानिसले आफूलाई कुनै न कुनै रूपमा सक्रिय राख्नुपर्छ भन्ने मान्यता चौधरीको छ ।

अवकाशपछि प्राप्त हुने सेवा सुविधाले जीवन धान्न मुस्किल हुने भन्दै त्यसको लागि पूर्वतयारी हुन चौधरीको सुझाव छ ।

उनले भने, ‘म यो कृषिकर्म आफ्नो आय आर्जनको लागि मात्रै होइन, अरू अवकाश प्राप्त कर्मचारी तथा देशमा केही हुँदैन र केही छैन भनी निराश हुने आम

प्रतिक्रिया दिनुहोस