५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमको विकास र समृद्धिको लागि प्रदेश प्रमुखसँग छलफल

अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेशको विकास र संवृद्धिबारे प्रदेश प्रमुख नजिर मियाँसँग छलफल भएको छ । एमाले केन्द्रीय सदस्य तथा युवा नेता ऐन महर, बुढिगंगा नगरपालिका बाजुराका मेयर रामबहादुर बानिया, बझाङका वडाध्यक्ष तथा अन्य सरोकारवालहरूले संयुक्त रूपमा प्रदेश प्रमुख मियाँसँग प्रदेशको विकारका विषयमा छलफल गरेका हुन् ।

एमाले नेता महरले सुदूरपश्चिम प्रदेशमा पर्याप्त सम्भावना हुँदा हुँदै पनि पर्याप्त विकास हुन नसेको बताएका थिए । उनले सेती लोकमार्ग हुँदै उरै नाका खोल्न सक्दा सुदूरपश्चिम प्रदेशको मात्रै नभई राष्ट्रिय अर्थतन्त्रमा नै महत्त्वपूर्ण योगदान पुग्ने बताए। यो सडक मार्फत भारतको राजधानी नयाँ दिल्लीलाई चीनको तिब्बतसँग छोटो दुरीमा जोड्न सक्ने महरको भनाइ थियो ।

केही समय अघि एमाले केन्द्रीय सचिव समेत रहेका पूर्व मन्त्री सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको नेतृत्वमा गएको सुदूरपश्चिम प्रदेशको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सुदूरपश्चिम प्रदेशको मुहार फेर्ने गरी विकासका गतिविधि अघि बढाउन आग्रह गरेको थियो ।

प्रधानमन्त्री ओलीकै पालामा सुदूरपश्चिम प्रदेशमा यस अघि उत्तर दक्षिण सडक, सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र निर्माण सुरु भएको भन्दै महरले फेरी ओली प्रधानमन्त्री भएपछि आसा पलाएको बताएका थिए । उनले प्रदेश गौरवका योजनाहरूमा प्रदेश सरकारले चासो दिनुपर्ने भन्दै विकास निर्माणमा प्रदेश प्रमुखबाट पनि अभिभावकीय भूमिकाको अपेक्षा गरेको बताए ।

नेता महरले आगामी आर्थिक वर्षको बजेट तयार हुँदै गर्दा प्रदेशको संवृद्धि केन्द्रित बजेट आउनु पर्नेमा जोड दिएका थिए ।

प्रदेश प्रमुख मियाँलाई उनले बझाङ हुँदै खप्तडको निम्तो समेत दिएका थिए ।

बुढिगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाले विकासका दृष्टिकोणले पछि परेका क्षेत्रहरूमा प्रदेश सरकारको बढी चासो हुनुपर्ने बताएका थिए । उनले आफ्नो पालिकामा भइरहेका गतिविधिबारे प्रदेश प्रमुखलाई जानकारी गराउँदै आफू नमुना पालिका बनाउने उद्देश्यसहित अघि बढिरहेको बताए ।

प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूलाई विकास र संवृद्धि केन्द्रित गतिविधिलाई प्राथमिकतममा राख्न भनिसकेको बताएका थिए ।

उनले सेती लोकमार्ग, दिपायल खुटिया फास्ट ट्र्याक लगायतका विषयमा आफूले संघीय सरकारसँग पनि समन्वय गरिरहेको बताए ।

‘पटक पटक हुने भेटघाटमा पनि मैले यहाँका विकास र संवृद्धिकै बारेमा चासो राख्दै आइरहेको छु’, मियाँले भनेका थिए, ‘सुदूरपश्चिम सुन्दर छ थोरै विकासले गति पाए सुनमा सुगन्ध थपिन्छ ।’

प्रतिक्रिया दिनुहोस