७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको छ : मुख्यमन्त्री कार्की

अ+ अ-

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको बताइका छन् । भगवान् राधाकृष्ण रथयात्राको आज अपराह्न शुभारम्भ गर्दै उनले रथयात्रा यस क्षेत्रको परिचय र पहिचान बनेको धारणा राखे ।

मुख्यमन्त्री कार्कीले रथयात्रा सिङ्गो नेपाल राष्ट्रको पहिचान बन्ने क्रममा रहेकामा राधाकृष्ण रथयात्रा परिवारलाई बधाई एवं शुभकामना दिए। उनले सनातन धर्म, संस्कृतिको रक्षा गर्नुपर्छ भन्दै मुलुकमा बसोबास गर्ने सम्पूर्ण जातजातिका धर्म, संस्कृति हाम्रो सम्पत्ति भएकाले यसको संरक्षण र प्रस्फुटन गराउन सदैव कार्य गर्ने बताए ।

मुख्यमन्त्री कार्की कृष्णजन्मष्टमी र रथयात्रा पर्व एउटा जाति र सम्प्रदायको नभएर सम्पूर्ण नेपाली र विश्वका मानवजातिको संस्कृति र पहिचान बनेको विचार राखे । उनले यो रथयात्रा विश्व शान्ति, मानवजातिको हित र प्राणी जगत्को रक्षाका लागि भएको चर्चा गर्दै विश्वमा देखा परेका जलवायु परिवर्तन समस्या समाधान, पृथ्वीको रक्षा र  मानवजातिको पक्षमा रहेको बताए । उनले प्रदेश सरकार राधाकृष्ण रथ, मन्दिर र धर्मशालाको भौतिक पूर्वाधार निर्माणमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गए । 

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भगवान् राधाकृष्णको नयाँ रथ बनाउने आवश्यक सहयोग उपलब्ध गराउने बताए। रथयात्रा आयोजक समितिका संयोजक कैलाश रेग्मीले ९३औँ संस्करण यो रथयात्रा एसियाको दोस्रो ठूलो भएको जानकारी दिए ।

यात्राका क्रममा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नुका साथै ड्रोन र सिसी क्यामेरा सुरक्षा व्यवस्था कायम गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

प्यागोडा शैलीमा बनाइएको उक्त रथको लम्बाइ २२ फिट, चौडाइ १४ र  उचाइ १८ फिट छ भने रथको अग्रभाग जुआबाट ७५ फिट लम्बाइका दायाँ र बायाँपट्टि फैलिएका लठ्ठा (डोरी)लाई पुरुष र महिला भक्तजनले रथलाई तानी सञ्चालन गरिएको थियो । 

रथको अग्रभागमा विभिन्न धार्मिक, जातजाति, सम्प्रदायका संस्कृति झल्कने झाँकी एवं भजनमण्डली रहेको रथयात्रा समारोहका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए । 

उक्त रथयात्राको पूजाअर्जना गर्न, हेर्न तथा सहभागी हुन मोरङ, सुनसरी, झापा, सप्तरी र सीमावर्ती भारतीय जिल्लाका समेत गरी करिब सात लाख भक्तजनको सहभागिता रहेको अनुमान आयोजक समितिले जनाएको छ ।

विसं १९८८ देखि खटयात्रा र २०२७ सालबाट रथयात्रा सुरु गरिएको अध्यक्ष रेग्मीले जानकारी दिए । विराटनगरमा निकालिएको  यो यात्रा भारतको उडिसा पुरीमा निकालिने भगवान् जगन्नाथपछि दोस्रो ठूलो रहेको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस