८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेटी र नाचगानबाट जुटाएको रकम सामाजिक काममा

अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको रु आठ लाख ५० हजारभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् । 

समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको खयरभारानी तालमा जनैपूर्णिमा पर्वको मेला भर्न गएका भक्तजनले चढाएको भेटी र पाउद्वार गाउँमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको सो रकम विभिन्न सङ्घ संस्थालाई सहयोग गरिएका जनाइएको छ । 

पाउद्वार टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद तिलिजाले खयरमा सङ्कलन भएको रु चार लाख ४९ हजार छ सय ४५ भेटी, गाउँमा भएको सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको रु दुई लाख ६८ हजार आठ सय ८५ र दाताहरूले गरेको रु एक लाख ३५ हजार विकास निर्माण, संस्कृति संरक्षण, खेलकुद र स्वास्थ्य क्षेत्रमा परिचालन गरिएको बताए । 

“गाउँभेलाको निर्णयअनुसार सांस्कृतिक कार्यक्रमको पुरस्कार, खयरभारानीको पुजा व्यवस्थापनलगायत शीर्षकमा रु तीन लाख १७ हजार नौ सय ५५ खर्च भएको थियो”, उनले भने, “खर्च कटाएर बेचेको रु पाँच लाख ३४ हजार पाँच सय ७५ विभिन्न सङ्घसंस्था र योजनाका लागि उपलब्ध गराएका हौँ ।” 

पाउद्वारको कोतलेखोरेदेखि चिमीका जोड्ने सडक निर्माणका लागि रु दुई लाख ५० हजार, पाउद्वार माविलाई रु ७० हजार, पाउद्वार आमा समूहलाई रु ४५ हजार, भलिबल खेल कोषमा रु ३० हजार, टोलविकास समितिलाई २९ हजार पाँच सय ७५, पुर्ख्यौली नृत्य समूहलाई रु ३० हजार, खयरभारानी युवाक्बलाई रु २५ हजार, गिबाङ टोललाई रु २५ हजार, पाउद्वार ढल निकासका लागि रु २५ हजार र पाउद्वार स्वास्थ्य इकाइका लागि रु १० हजार सहयोग गरिएको तिलिजाले जानकारी दिए । 

खयरभारानीमा यही भदौ ३ गते लागेको जनैपूर्णिमा मेलामा दुई सय ३८ वटा भेडाको पाठा र साढीको बलि चढाएका थिए । खयरभारानीमा मागेको वर पूरा भएपछि भेडाको पाठा र साढ बलि चढाउने चलन छ । अन्नपूर्ण हिमशृङ्खलामा पर्ने बराह शिखर हिमालको फेदमा रहेको खयरभारानीमा जनैपूर्णिमाका दिन पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । 

प्राकृतिक हिसाबले सुन्दर र रमणीय खयरभारानी ताल, त्यहाँबाट देखिने हिमाल, भेडा र चौँरीगाईको गोठ र पहाडी भूगोलको दृश्यले पर्यटकलाई लोभ्याएको छ ।

प्रतिक्रिया दिनुहोस