५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तराईमा पनि कोदोको उत्पादन गर्न परीक्षण

अ+ अ-

नेपालगञ्ज । बाँकेको चिसापानीस्थित गाभर उपत्यकामा नौ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण सुरु गरिएको छ । 

राष्ट्रिय जिन बैङ्कको सहकार्यमा तराईमा हुने कोदोको परीक्षण सुरु भएको सामुदायिक जिन बैङ्क कोहलपुरका संयोजक परमुल बस्नेतले जानकारी दिए । “करिब दुई कट्ठा क्षेत्रफलमा अलग–अलग प्लट बनाएर नौ जातका कोदोको परीक्षण गर्न कोदो रोपिएको छ”, संयोजक बस्नेतले भने ।  

गएको साउन १६ गते कोदोको बीउ राखेर केही दिनअघि मात्रै कोदो रोपिएको हो । नौ जातका कोदो रोपिएको र सोमध्ये सबैभन्दा राम्रो कोदो किसानलाई रोप्न प्रेरित गरिने उल्लेख गर्दै उनले पूर्वी तराईका जिल्लामा सफल भएका स्थानीय जातको परीक्षण सुरु भएको बताए । 

राष्ट्रिय जिन बैङ्का प्राविधिक अधिकृत प्रदीप थापाले रैथाने बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको परीक्षण भएको उल्लेख गरे । परीक्षण गरिएका नौमध्ये पाँच जिन बैङ्कले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुई वटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेका र अन्य दुई किसानका जात रहेका छन् । 

अहिले लगाएको कोदोको प्रतिफल मङ्सिरसम्म आउने बताइएको छ । विसं २०७८ मा चिसापानीको गाभरमा सरकारले पहिलो सामुदायिक जिन बैङ्क स्थापना गरेको थियो । गाभरमा कोदो उत्पादनको प्रशस्त सम्भावना रहेको घरबास सञ्चालक सङ्घका महासचिव कृष्ण चौधरीले बताए । उनले हालसम्म नार्कले तराईमा समेत लगाउन सक्ने कोदोको जातको विकास गरेको बताए ।

प्रतिक्रिया दिनुहोस