८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कल सेन्टरलाई थप प्रभावकारी बनाउन विभागलाई प्रमुख प्रशासकीय अधिकृत परियारको निर्देशन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कल सेन्टरलाई क्षमता विकास गरेर अझ प्रभावकारी बनाइने प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताएका छन् ।

राष्ट्रिय सभा गृहबाट सञ्चालन भएको सेन्टरलाई प्रविधिमैत्री बनाउने, गुनासो सुन्ने तथा सम्बोधन गर्ने अधिकारीहरूलाई सक्रिय बनाइने, गुनासो व्यवस्थापन गर्ने प्रक्रियाको ट्र्याकिङ् गर्ने, प्रणालीलाई अपाङ्गता भएका व्यक्तिहरूको पहुँच योग्य बनाउने, सम्पर्क गर्दा नम्बर व्यस्त नहुने बनाउने (एक ठाउँमा व्यस्त भए अर्को ठाउँमा स्वतः उठ्न सक्ने), अडियो रेकर्ड मात्र पठाउन पनि मिल्ने जस्ता विशेषता बढाउन उनले सूचना प्रविधि विभागलाई निर्देशन दिएका हुन् ।

सेन्टरमा काम गर्ने अधिकारीहरूसँग भएका समस्याका विषयमा जानकारी लिँदै उनले भने, ‘आन्तरिक समस्यालाई तत्काल समाधान गरेर सेवा थप सशक्त बनाउनु पर्छ । गुनासो टिपाउन कसैलाई झन्झट नहोस् । गुनासो गरेपछि त्यसको सुनुवाइ कसरी भइरहेको छ, यसको जानकारी गुनासोकर्तालाई स्वतः अद्यावधिक होस् । यस्तो प्रणाली विकास गरेर गुनासोकर्ताले गुनासो सम्बोधन भएको महसुस गराउन सक्ने हुनुपर्छ ।’

सेन्टरमा आउने गरेका गुनासाका प्रकृति, त्यसको सुनुवाइ प्रक्रियामा विभागको सक्रियता, गुनासो कम सुन्ने विभागसँग सम्बन्धित गुनासा, प्राप्त भएको धेरै गुनासाहरूको प्रकृतिका विषयमा जानकारी लिइएको थियो । सेन्टरका प्रमुख भरतकुमार पोखरेलले अवस्थाका विषयमा जानकारी दिँदै टेलिफोनमा आएका गुनासामध्ये १० प्रतिशत दर्ता योग्य हुने बताए । बाँकी फोनहरू जानकारी माग गर्ने खालका आउने गरेका छन् ।

अनुगमनका क्रममा प्रशासन विभागका प्रमुख नमराज ढकाल, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्ध नेपाल सहित पदाधिकारी सहभागी थिए । त्यस क्रममा सेन्टरका प्रमुख पोखरेलले, अहिलेको प्रणालीलाई अत्याधुनिक सेवामा रूपान्तरण अपरिहार्य भएको बताए ।

कल सेन्टरपछि उनले राष्ट्रिय सभा गृहको ढल निकास प्रणालीको अनुगमन गरेका थिए । सभा गृहमा सतहको पानी जम्मा भएका कारण बर्खायाममा समस्या थियो । अहिले ढल निकासको काम धमाधम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस