७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेरिए महानिर्देशक, उप महानिर्देशकसहित आधा दर्जन सहसचिव सरुवा 

अ+ अ-

काठमाडौँ । महानिर्देशकसहित आधा दर्जन सहसचिवको सरुवा गरिएको छ । शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक, उपमहानिर्देशकसहित सहसचिवहरूको आन्तरिक फेरबदल गरेका हुन् । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार विभागका महानिर्देशक कुमार प्रसाद घिमिरेलाई सरुवा गर्दै उपमहानिर्देशक मचाकाजी महर्जनलाई महानिर्देशको जिम्मेवारी दिइएको छ । दर्जन बढी सहसचिवहरूमध्ये आठौँतिर पर्ने महर्जनले सिनियरहरुलाई पन्छाउँदै महानिर्देशक हत्याउन सफल भएका छन् ।

उपमहानिर्देशक छँदा विशेष भवन महाशाखा प्रमुख रहेका महर्जनले बहुचर्चित संसद भवन, मन्त्री निवास, प्रदेश प्रमुख निवासलगायत विशिष्ट व्यक्तिहरूको आवास निर्माण हेर्दै आएका थिए । जुन अधिकांश विवादित छन् । अरबौँका आयोजनाहरूमा गुणस्तर र प्रक्रियामासमेत प्रश्न उठ्दै आएको छ । केही आयोजनाहरूमाथि नियमनकारी निकायहरूबाट छानबिनसमेत भइरहेको बुझिएको छ । तिनै महर्जन यति बेला महानिर्देशक बनेका छन् । 

महर्जनलाई महानिर्देशक बनाइएसँगै घिमिरेलाई बागमतीतिर पठाइएको छ । यसैगरी अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक रवीन्द्र बोहरालाई विभागको उपमहानिर्देशकमा ल्याइएको छ । उनलाई आवास महाशाखाको जिम्मेवारी दिइएको बताइएको छ । 

त्यसैगरी विभागमा उपमहानिर्देशक रहेका प्रकीर्ण तुलाधरलाई विभागमै निरन्तरता दिइएको छ । भवन महाशाखा हेर्दै आएका तुलाधरलाई अब कहाँ जिम्मेवारी दिने भन्नेबारे भने एकिन भई सकेको छैन । केन्द्रिय आयोजना कार्यान्वयन इकाई(सीएलपीआइयू)का कोषनाथ अधिकारीलाई इकाईसँगै विभागको पनि उपमहानिर्देशकमा ल्याइएको छ । विभागका उपमहानिर्देशक नारायण प्रसाद भण्डारीलाई भवन प्रविधि तालिम केन्द्र पठाइएको छ । यससँगै तालिम केन्द्रका प्रमुख सुरेश ठाकुरलाई विशेष भवनको आयोजना प्रमुख बनाइएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयपछि विभाग तथा आयोजनाहरूमा जान ठुलै रस्साकस्सी हुने शहरी विकास मन्त्रालयले लामै तयारी पछि शहरी विकास तथा भवन निर्माण विभाग तथा अन्तर्गत सहसचिवहरूलाई व्यवस्थापन गरेको हो । 

प्रतिक्रिया दिनुहोस