८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधिसभा बैठक : दिगो र भरपर्दो सिँचाइ गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सांसदहरूले दिगो र भरपर्दो सिँचाइ, चुरे संरक्षण, सुरक्षित आवास निर्माण तथा भ्रष्टाचार नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले राष्ट्रको समृद्धिका पक्षमा सबै पार्टी एकजुट हुनुपर्नेमा जोड दिए । 

नेपाली काँग्रेसका सांसद दिनेशकुमार यादवले पूर्वी तराई मधेसको सप्तरी जिल्लामा दिगो र भरपर्दो सिँचाइ आयोजना नभएकामा सरकारको ध्यानाकर्षण गराए। उनले सप्तरी जिल्लामा सिँचाइ आयोजनाका लागि बजेट प्राप्त भए पनि कार्यालय स्थापना हुन नसक्दा समस्या परेकाले समाधानका लागि आग्रह गरे । चुरे संरक्षण, वर्षातको समयमा बाढीको जोखिम र हुलाकी राजमार्गको विस्तार एवं मर्मतका लागि द्रुतगतिमा काम गर्न उनले सरकारसँग माग गरे । 

सोही दलका सांसद देवप्रसाद तिमल्सेनाले विभिन्न आयोजनाका काममा भइरहेको ठिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै समयमा काम गर्ने व्यवसायीको भुक्तानी समयमै दिने र काम नगर्नेलाई कारबाहीको दायरामा लानुपर्नेतर्फ धारणा राखे। उनले स्वदेशी काठको खपत, सुरक्षित आवास कार्यक्रमको प्रभावकारिता, दूध उत्पादक किसानलाई समयमा भुक्तानी र संस्थागत भ्रष्टाचारको अन्त्यका लागि ध्यानाकर्षण गराए।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराइलीले सत्तापक्ष र प्रतिपक्ष संसद्मा जुहारी खेल्नुभन्दा राष्ट्र समृद्ध बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए। उनले राष्ट्र निर्माणको सवालमा राजनीतिक दलबीच समान धारणा जरुरी रहेको उल्लेख गर्नुहुँदै एउटा सरकारले ल्याएको योजना अर्को सरकारले भत्काउने प्रवृत्तिको विरोध गरे । सिंगो दलित समुदायको हक स्थापित गर्न गठन गर्ने भनिएको दलित विकास प्राधिकरणलगायत विषयको तत्काल कार्यान्वयन गर्न माग गरे।

नेकपा (एमाले)का सांसद जुलीकुमारी महतो (महासेठ) ले वर्तमान सरकारसँग जनताको अपेक्षा र विश्वास रहेकाले असफल हुने छुट नरहेको बताए। उनले नेपाल विद्युत् प्राधिकरणको सबै बक्यौता उठाउनुपर्नेमा जोड दिए। सांसद महासेठले चुरे संरक्षणका लागि सचेत हुन सबै पक्षलाई आग्रह गरे ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चन्दा कार्की भण्डारीले भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयकमा पाँच वर्षे हदम्याद राख्ने विषयको विरोध गरेका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले जनताको मनोभावना सम्बोधन गरेर राजनीतिक स्थिरता ल्याउन सुझाव दिए। जनता समाजवादी पार्टीका सांसद सुशीला श्रेष्ठले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि सरकारले पहल गर्नुपर्ने बताइन्। जनमत पाटीका सांसद अनिता देवीले सवारी दुर्घटना नियन्त्रण गर्न ध्यानाकर्षण गराइन्।

जनता समाजवादी पार्टी(जसपा) नेपालका सांसद राजकिशोर यादवले राजदूत नियुक्ति समावेशी हुनुपर्नेमा जोड दिए। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रामप्रकाश चौधरीले वैदेशिक रोजगारीमा जाने युवाका लागि आप्रवासी नीति ल्याउनुपर्ने बताए ।  

नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठले स्वास्थ्य सुविधालाई थप व्यवस्थित बनाउन सुझाव दिइन्। स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सिख धर्म संरक्षण गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस