८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्देको विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

अ+ अ-

दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिकाका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी विकास निर्माणका लागि ध्यानाकर्षण गराएका छन् । नेकपा (एमाले)सम्बद्ध तनहुँका युवा प्रतिनिधि मण्डलले बुधबार प्रधानमन्त्री ओलीसँग भेट गरी म्याग्दे गाउँपालिकाको विकासका लागि प्रधानमन्त्रीसँग विभिन्न मागहरू पेश गरेका हुन् ।  

नेकपा (एमाले) तनहुँ जिल्ला कमिटी सदस्य एवं म्याग्देका युवा नेताहरू बसन थापा, शङ्कर रानभाट, सुरेन्द्र अधिकारी, निर्मला वाग्लेलगायतका युवा सम्मिलित युवा प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसँग म्याग्दे गाउँपालिका–३ र ऋषिङ गाउँपालिका–७ जोड्न सेती नदीमा पक्की पुल, म्याग्दे गाउँपालिका वडा नम्बर २ मा सांस्कृतिक सङ्ग्रहालय  र मुल बाराही मन्दिर निर्माणका लागि बजेट व्यवस्था गरिदिन अनुरोध गरेका हुन् ।

त्यसैगरी म्याग्दे वडा नम्बर २ को निर्मलबस्तीमा खेल मैदान निर्माणसहित  ल्याण्डफिल्ड  साइट योजनालाई बजेट विनियोजन गर्न र  वडा नम्बर ५ र वडा नम्बर ६ जोड्ने पक्की पुल निर्माण गर्न प्रधानमन्त्रीसँग माग गरिएको नेकपा (एमाले) म्याग्दे गाउँ कमिटीका सचिव सन्दीप रानाभाटले जानकारी दिए । 

सो अवसरमा प्रधानमन्त्री ओलीले मागको बारेमा सम्बन्धित मन्त्रीहरूलाई जानकारी गराई बजेट व्यवस्थाका लागि निर्देशन दिने आश्वासन दिएको रानाभाटले बताए ।

सो टोलीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग समेत भेट गरी तनहुँ जिल्लाको विकास निर्माणका लागि ध्यान दिन आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस