काठमाडौँ । राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीको राजीनामा स्वीकृत भएको छ ।
आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले सचिव ज्ञवालीको राजीनामा स्वीकृत गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।
ज्ञवाली यही भदौ २२ गते अनिवार्य अवकाश हुँदै थिए ।