१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिदेसिएका युवालाई फर्काउनुपर्ने बेला आयो : उद्योग मन्त्री भण्डारी

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बिदेसिएका युवाहरूलाई फर्काउने बेला भएको बताएका छन् । नेपाल शैक्षिक परामर्श संघको २८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालमै रोजगारी विस्तार गर्नुको विकल्प नरहेको बताए । 

उनले भने, ‘अरू देशले नेपालमा सम्भावना देख्ने अनि हामीले अन्यत्र सम्भावना देख्ने अवस्था कहिलेसम्म रहन्छ ? अब हाम्रा दक्ष जनशक्तिलाई नेपालमै श्रम र रोजगारीको वातावरण सृजना गर्नुपर्छ । यसमा सरकार प्रतिबद्ध भएर लागेको छ । हाम्रो मन्त्रालयले स्टार्टअप नेशन २०३० लगायतका युवा लक्षित केही कार्यक्रम ल्याएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने भूमिका शैक्षिक जगतका व्यक्तिहरूको पनि हो । तपाईँको भूमिकामा साथ दिन सरकार तयार छ ।’

मन्त्री भण्डारीले नेपाल शैक्षिक केन्द्रको हब बन्न सक्ने बताएका छन् । उनले नेपालका उत्पादन र उत्पादकत्वलाई विश्व बजारमा निर्यात गर्नुपर्ने बताए । नेपालका व्यवसायीले उत्पादन गरेका बस्तु खपतका लागि छिमेकी मुलुक भारत र चीनसँग सहकार्य गर्ने बताए । 

नयाँ सोच र चिन्तनहरूमा राज्यको सहयोग र समर्थन रहने मन्त्री भण्डारीको भनाई छ । सरकारले युवाहरूलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको उनको भनाई छ । 

मन्त्री भण्डारीले लगानी सम्मेलनका क्रममा पुँजी र प्रविधि भित्र्याउने तयारी गरेको बताए । उनले ज्ञानसिप प्राप्त गरेका जनशक्तिहरूलाई नेपाल फर्काउने अभियानमा शैक्षिक परामर्श संघको भूमिका रहेको बताए ।

प्रतिक्रिया दिनुहोस