८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ : राजेन्द्र लिङ्देन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा पार्टी पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरेका छन् । केन्द्रीय सल्लाहकार समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता कार्यकर्तालाई निराशाको कुरा छाडेर पार्टी निर्माणमा लाग्न निर्देशन दिए ।

राप्रपालाई अझै मजबुद ढंगले अगाडि बढाउनुपर्ने उल्लेख गर्दै अहिले देखिएका सबै विसंगति र विकृत्तिविरुद्ध सडकमा समेत जाने बताए ।

उनले भने, ‘अझै समय छ यही बीचमा पनि हामीले पार्टीलाई सक्रिय बनाउनको लागि वडा तहसम्मै जान्छौँ। पार्टीको अभियानलाई पनि आन्दोलनकै अंगको रूपमा अगाडि बढाउनुपर्छ, हामीले थालेको अभियानलाई निष्कर्षमा पुर्‍याउनुपर्छ, जहिले पनि निराशाको कुरा गरेका हुँदैन । निराशाको कुरा छाडेर सबै लाग्यौँ भनेर राप्रपा आगामी निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बन्छ । त्यो विश्वासको साथ हामी काम गरिरहेका छौँ । मनका कुनै निराशा राख्नुपर्दैन ।’

उनले अब जनताले भोट दिन बाँकी पार्टी राप्रपा बाहेक कोही नभएको जिकिर गरे । अहिले प्रतिनिधिसभाको दुई ठूला दल मिलेर सरकार बनाएपनि अपेक्षाअनुसारको काम गर्न नसकेको दाबी गरे । सरकार निरंकुश बन्दै दुई दलीय व्यवस्थातिर देशलाई लैजान खोजिरहेको आशंका व्यक्त गरे ।

उनले थपे, ‘देश आँधी आउनुअघिको सन्नाटाको अवस्थामा छ, प्रमुख भनिने राजनीतिक दलहरूबाट देशको विद्यमान परिस्थितिमा सुधार हुने कुनै सम्भावना छैन, राप्रपालाई देशको सर्वाधिक आशा र भरोसाको पार्टी बनाउनुपर्नेछ । पार्टीको सल्लाहकारहरूको यो बैठकले हामीलाई सकारात्मक ऊर्जा, हौसला र मार्गनिर्देश गरोस् ।’

प्रतिक्रिया दिनुहोस