७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की

अ+ अ-

 सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। 

धरान उपमहानगरपालिका-१८ स्थित इलाका प्रहरी कार्यालयको हिरासत भवनको आज उद्घाटन गर्दै उनले जनताको पहिलो चासोको विषय शान्ति सुरक्षा भएकाले त्यसतर्फ सरकारको विशेष ध्यान जाने स्पष्ट पारे।

जनतालाई सुरक्षित महसुस गराउनका लागि भवनहरू बनाउँदा मापदण्डलाई कठाइका साथ अपनाउनुपर्ने बताउँदै उनले भने, “विकासका निर्माणहरूमा अघि बढ्नुस्, प्रदेश सरकार सधैँ सहयोग गर्न तयार छ ।”

धरानलाई खेलकुद र लाहुरेको सहर भनेर चिनीने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक हिसाबले पनि धरान त्यतिकै महत्त्वपूर्ण छ भने।

हिरासत भवनको उद्घाटनका अवसरमा कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत, सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहाल, राष्ट्रिय अनुसन्धान विभाग कोशी प्रदेश प्रमुख इन्द्र लामा, सशस्त्र प्रहरी बल नेपाल ४ नं गण जिल्ला हेडक्वार्टर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस